- Loading...
लमजुङमा घर पालुवा मह उत्पादनमा कमी
- कृषि टि.भी.
- १ साल अघि
- ३२ पटक पढिएको


लमजुङमा यस वर्ष घर पालुवा मौरीको मह उत्पादनमा कमी आएको छ । गत वर्षको तुलनामा यस वर्ष मह उत्पादनमा कमी आएको हो । प्रतिकूल मौसम, शीतलहरका साथै विभिन्न रोगका कारण मह उत्पादनमा कमी आएको बताइएको छ । गत वर्षको तुलनामा यो वर्ष आठ टन मह उत्पादनमा कमी आएको कृषि ज्ञान केन्द्र लमजुङले जनाएको छ । कार्यालयका अनुसार यस वर्ष ११ हजार ५०० मौरी घारबाट ३० टन मह उत्पादन भएको छ । गत वर्ष जिल्लाका किसानले ११ हजार एक सय मौरीका घारबाट ३८ टन मह उत्पादन गरेका थियो । मह बिक्रीबाट यस वर्ष जिल्लामा एक करोड ३६ लाख आम्दानी भएको छ ।
जिल्लामा उत्पादन गरिएको मह काठमाडाँै, पोखरा, चितवनलगायत र जिल्लाभित्रकै सहरबजारमा समेत खपत हुँदै आएको छ । मौरीपालक किसानलाई मौरी व्यवसायमा आकर्षित गर्दै मह उत्पादनमा वृद्धि गर्न यस वर्ष कृषि ज्ञान केन्द्र, बेँसीसहर र सुन्दरबजार नगरपालिकालगायत विभिन्न स्थानीय तहहरुले ५० प्रतिशत अनुदानमा आधुनिक मौरी घार, मौरीसहितको मौरी घारलगायत विभिन्न उपकरणहरु वितरण गरेको जनाएको छ ।


