FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • चीनबाट रासायनिक मल आयातको निर्णय अलपत्र

    • कृषि टि.भी.
    • १ साल अघि
    • २८ पटक पढिएको
    चीनबाट रासायनिक मल आयातको निर्णय अलपत्र

    चिनियाँ अवरोधका कारण एक लाख १३ हजार मेट्रिकटन रासायनिक मल आयात प्रक्रिया अबरुद्ध भएको कृषि सामग्री कम्पनीले जनाएको छ । पाँच महिना अघि नै ठेक्का प्रक्रिया सकिएको उक्त मल आज–भोलि नै नेपाल भित्रिसक्नुपर्नेमा चीनको कारण अन्योलमा फसेको कम्पनीले जनाएको छ । मल निर्यात रोक्ने चिनियाँ नीतिका कारण ५० हजार मेट्रिकटन युरिया र ६३ हजार ५३५ मेट्रिकटन डीएपी मल आयात अलपत्र परेको कम्पनीका निमित्त प्रवन्ध सञ्चालक राजेन्द्र कार्कीले बताए ।
    नेपालले ठेक्का प्रक्रिया गर्दा चिनियाँ मल उत्पादकले विश्व बजारमा रासायिनक मल बिक्री गरिरहेको भए पनि पछि सरकारले निर्यातमा रोक लगाएको भन्दै मल दिन अस्वीकार गरेको कम्पनीले जनाएको छ । पाँच वटा फरक–फरक ठेकदार कम्पनीले एक लाख १३ हजार ५३५ मेट्रिकटन मल ल्याउनका लागि कम्पनीबाट ठेक्का पाएका थिए । मल खरिद प्रक्रिया नगिजोलिएको भए गहुँ र चैते धानको लागि मल अभावको अवस्था नबन्ने कम्पनीको दाबी छ ।
    चिनियाँ कम्पनीबाट मल खरिद गर्न बेस ट्रेडिङ र जेन ट्रेडिङ नामक कम्पनीले २५–२५ हजार मेट्रिकटन डीएपी मलको ठेक्का पाएका थिए । यस्तै सिल्क जेभीले ५० हजार मेट्रिकटन युरिया, सिल्क ट्रान्सपोर्टले १० हजार मेट्रिकटन डिएपी र सिल्क मार्केट नामक कम्पनीले ५ हजार मेट्रिकटन डिएपीको ठेक्का लिएका थिए । यो आर्थिक वर्ष चीनबाट एक लाख १५ हजार ५३५ मेट्रिकटन मल आउनुपर्नेमा जम्माजम्मी दुई हजार मेट्रिकटन हाराहारी मात्रै मल भित्रिएको कृषि सामाग्री कम्पनीले जनाएको छ ।
    मलको आयात सहज बनाउन प्रधानमन्त्रीको समेत ध्यानाकर्षण गराइएको पनि कम्पनीको निमित्त प्रवन्ध सञ्चालक कार्कीले बताए । कम्पनीसँग हाल फरक टेन्डरको २० मेट्रिकटन डीएपी र साढे ७ हजार मेट्रिकटन पोटास मल मात्रै आउने निश्चित भएको कम्पनीको दाबी छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित