FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • दूधको उपभोक्ता मूल्य प्रतिलिटर नौ रुपैयाँले बढ्यो, लिटरको ८५ रुपैयाँ निर्धारण

    • कृषि टि.भी.
    • १ साल अघि
    • ३४ पटक पढिएको
    दूधको उपभोक्ता मूल्य प्रतिलिटर नौ रुपैयाँले बढ्यो, लिटरको ८५ रुपैयाँ निर्धारण

    सरकारको स्वामित्वमा रहेको दुग्ध विकास संस्थान डीडीसीले दूधको उपभोक्ता मूल्य प्रतिलिटर नौ रुपैयाँ बढाएर ८५ रुपैयाँ निर्धारण गरेको छ । डीडीसीको हिजो बसेको सञ्चालक समितिको बैठकले दूधको मूल्य बढाएर ८५ रुपैयाँ निर्धारण गरेको हो । यसअघि प्रशोधित दूधको उपभोक्ता मूल्य प्रतिलिटर ७६ रुपैयाँ थियो । बढेको नौ रुपैयाँमा प्रतिलिटर ६ रुपैयाँ ५२ पैसा किसानका लागि वृद्धि भएको छ भने प्रतिलिटर २ रुपैयाँ ४८ पैसा उद्योगीका लागि बढेको डीडीसीले जनाएको छ ।
    यसअघि मन्त्रिपरिषद्को बैठकले किसानका लागि प्रतिलिटर ६ रुपैयाँ ५२ पैसा बढाएर ५६ रुपैयाँ चार पैसा निर्धारण गरेको थियो । त्यसअघि किसानले बेच्ने दूधको मूल्य प्रतिलिटर ४९ रुपैयाँ ५२ पैसा थियो । मन्त्रिपरिषद्को निर्णय आइसकेपछि कृषि मन्त्रालयले उपभोक्ताको लागि प्रशोधित दूधको मूल्य निर्धारण गर्ने जिम्मेवारी डीडीसीलाई दिएको थियो।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित