- Loading...
सोमालियामा खडेरीका कारण १० लाख मानिस विस्थापित
- कृषि टि.भी.
- १ साल अघि
- ८९ पटक पढिएको


सोमालियामा खडेरीका कारण १० लाख मानिस विस्थापित भएका संयुक्त राष्ट्र सङ्घले जनाएको छ ।
संयुक्त राष्ट्र सङ्घीय शरणार्थी निकाय यूएनएचसीआर र नर्वेजियाली शरणार्थी परिषद् (एनआरसी) का अनुसार ७ लाख ५५ हजारभन्दा बढी मानिस आफ्नो घरबाट विस्थापित बनेका छन् । उनीहरू देशको सीमाभित्र रहेका छन् ।
सोमालियामा एनआरसीका कन्ट्री डाइरेक्टर मोहम्मद अब्दीले १० लाख जनसङ्ख्या विस्थापित हुनु सोमालियाका लागि ठूलो खतराको घण्टी भएको बताएको छ । उनले भोकमरीले अहिले सिङ्गो सोमालियालाई पिरोलेको भन्दै धेरै परिवार घरसहित सबै कुरा छोडेर अन्त्यै जान बाध्य भएको बताएका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
उनले जतिसक्दो छिटो सोमालियामा सहायता कोष बढाउन आवश्यक रहेको पनि बताए । जलवायु परिवर्तन र युक्रेन युद्धका कारण खाद्य पदार्थको बढ्दो मूल्यका कारण सोमालियामा भोकमरीको समस्या झेलिरहेका मानिसको सङ्ख्या आउँदो दिनमा झन्डै ५० लाखबाट बढेर ७० लाखभन्दा धेरै पुग्ने यूएनएचसीआरको अनुमान छ ।

