FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • अधिनायकवाद आयो भनेर जनतामा भ्रम नछर्न चेतावनी

    • कृषि टि.भी.
    • ३ साल अघि
    • २२ पटक पढिएको
    अधिनायकवाद आयो भनेर जनतामा भ्रम नछर्न चेतावनी

     

    प्रधानमन्त्री केपी शर्मा ओलीले अधिनायकवाद आयो भनेर जनतामा भ्रम नछर्न प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसलाई चेतावनी दिनुभएको छ । काठमाडौँमा बुधबारबाट सुरु भएको राष्ट्रिय विकास परिषद बैठकको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले अधिनायकवाद आयो भन्नेजस्ता झुटो प्रचार गरिरहे जनताले विश्वास नगर्नेतर्फ पनि प्रमुख प्रतिपक्ष दल कांग्रेसलाई सचेत समेत गराउनुभयो । उहाले मुलुक समृद्धिको अभियानमा केन्द्रित भएको र त्यसतर्फ सबै राजनीतिक दलहरुलाई केन्द्रित हुन पनि आह्वान गर्नुभयो । प्रधानमन्त्री ओलीले मुलुक अधिनायकवादतर्फ नभई उन्नत लोकतन्त्र समाजवादतर्फ उन्मुख भएको दाबी पनि गर्नुभयो । पाँच वर्ष भित्र मुलुकबाट भोकमरी अन्त्य गर्ने गरी सरकारले काम गर्ने उल्लेख गर्दै त्यसका लागि आवश्यक योजना बनाउन सुझाव दिन उहाले आग्रह गर्नुभयो । प्रधानमन्त्री ओलीले १५ औँ योजनाको आधार पत्रको मस्यौदामा उद्योग, पर्यटन, उर्जा, पूर्वाधार विकासमा जोड दिएर मुलुकलाई समृद्ध बनाउने योजना तय गरिएको पनि उल्लेख गर्नुभयो । प्रधानमन्त्री ओलीले सरकारले एक वर्ष भित्र पूर्वाधार विकास लगायतका क्षेत्रमा उल्लेख्य काम गरेको दावी गर्दै त्यसलाई अव तीव्रताका साथ अघि बढाउने योजना पनि अघि सार्नुभयो ।

     

    कार्यक्रममा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल आयात प्रतिस्थापन गर्ने र निर्यात प्रवद्र्धन गर्ने खालको उद्योगको देशमा जरुरी रहेको उल्लेख गर्दै जलविद्युत्जस्ता कुरालाई प्राथमिकतामा राखेर विकास गर्नेतर्फ ध्यान दिनुपर्ने बताउनुभयो । जनताले सोचेअनुसार काम गर्न नसके जनतामा निराशा आउने उल्लेख गर्दै उहाले जनतामा निराशा आयो भने पहिलाको जस्तो सहज ढंगले परिवर्तन हुन निकै अप्ठेरो हुने जनाउनुभयो ।

    त्यस्तै अर्थमन्त्री डा युवराज खतिवडाले आगामी योजना थप परिष्कृत भएर आउनु पर्ने बताउनुभयो । चौधौं योजनाले लिएका कतिपय लक्ष्य नजिक पुगेको सन्तोष व्यक्त गर्दै आगामी योजना थप परिष्कृत भएर आउनु पर्ने बताउनुभयो ।

    बैठकले राष्ट्रिय योजना आयोगले तयार पारेको दीर्घकालीन सोचसहितको पन्ध्रौँ पञ्चवर्षीय योजनाको आधार पत्रको मस्यौदा पत्रलाई अन्तिम रुप दिनेछ । आयोगले समृद्ध नेपालको लागि ४ र सुखी नेपालीका ६ वटा सोचलाई आधार बनाएर दीर्घकालीन सोचसहितको पन्ध्रौं योजनाको मस्यौदामा समेटेको छ । पन्ध्रौँ पञ्चवर्षीय योजनाको मस्यौदामा विक्रम संवत् २०८१ सम्म आर्थिक वृद्धिदर १०.३ प्रतिशत पुर्‍याउने, प्रतिव्यक्ति आय १६ सय अमेरिकी डलर पुर्‍याउने, गरिबी १३ प्रतिशतमा झार्ने, साक्षरता दर ९० प्रतिशत पुर्याउने, विद्यालय भर्नादर ९९.५ प्रतिशत पुर्‍याउने उल्लेख छ । २ दिनको छलफलपछि आधारपत्रको मस्यौदाको टुंगो लगाइने योजना आयोगले जनाएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित