
- Loading...
शिल्पी थिएटर निर्माणका लागि सुन्दरहरैंचामा ५ कठ्ठा जग्गा उपलब्ध नगर प्रमुख ढकालको उदघोष
- कृषि टि.भी.
- १ साल अघि
- १२६ पटक पढिएको

एलएन गच्छदार

कार्तिक ७ गते , सुन्दरहरैंचा
शिल्पी थिएटर नेपालले मोरंग, सुनसरी र झापा गरी प्रत्येक जिल्लाको ६ स्थानमा शिल्पी नाट्य यात्रा २०७८ प्रदर्शन गरिरहेको छ। नाट्य यात्रामा ठुला माछा – साना माछा नामक मुक्त रङ्गमन्च कार्तिक ४ गते देखि १७ गते सम्म चल्नेछ। घिमिरे युवराजको परिकल्पना तथा निर्देशनमा रहेको उक्त नाटक सामाजिक, बास्तबिक समसामयिक घटना कथामा आधारित रहेको छ। बिषेशत भ्रष्टचार बिरुद्धको अभियानलाई नाटक मार्फत देखाउन खोजिएको छ। गाउँगाउँमा सिंहदरबार पुगेपछि झनै भ्रष्टाचार मौलाएको विरोधमा नाटकले खबरदारी गरेको छ।
आइतबार मोरंगको सुन्दरहरैंचा नगरपालिका अगाडी उक्त नाटक मन्चन भएको छ। शिल्पी थिएटरले १३ जना कलाकारको प्रस्तुति निकै रोचक मानेर हेरेका दर्शकले अभिनयबाट भावुक मात्रै भएनन्, केही दर्शकले त आँसु नै चुहाए । राजनीतिक व्यवस्था परिवर्तन भए पनि देशमा वास्तविक अधिकारका दाबेदारहरूले केही पाउन नसकेको नाटकमा देख्न सकिन्छ भने कृषकका चरम शोषण तथा विकासका नाममा भ्रष्टाचार हुने कर्मचारीतन्त्रको हाबिले आम सेवाग्राही दुख पाउने, बिकास गर्ने निहुँमा प्राकृतिक विनाश झनै बढेर गएको लगायत कथा र दृश्यले दर्शकको राम्रो प्रतिक्रिया समेत शिल्पी थियटरले प्राप्त गरे।
साथै सुन्दरहरैंचा नगरपालिका प्रमुख शिव प्रसाद ढकालको समेत उपस्थिति रहेको थियो। नगर प्रमुख ढकालले नाटकले भ्रष्टाचार, विकृति र विसंगतिलाई उजागर गरिएको र भ्रष्टाचारविरुद्ध खबरदारी गर्न नाटक सफल रहेपनि नाटक प्रस्तुत बिकृति र भ्रष्ट घटनालाई चिर्दै चिर्दै गएको बताए। सबै कर्मचारी, नेता भ्रष्ट हुदैन्न स्थानीय निकायको राम्रो काम पनि जनता माझ देखाउन सके जनतामा सकारात्मक सोच बिकास हुने कुरामा जोड दिए।
प्रदेश १ लाई नै समेट्ने गरि थिएटर निर्माण गर्न नगर प्रमुख संग यस अघि शिल्पी थिएटर निर्देशक घिमिरे युवराजले अनुरोध गरेका थिए। नगरपालिकाले शिल्पी थिएटर बनाउनका लागि सलकपुरमा ५ कठ्ठा जग्गा उपलब्ध गराएको नगर प्रमुख ढकालले जनाकारी दिए।

