FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • चार गाउँपालिका जडीबुटीको पकेट क्षेत्र

    • कृषि टि.भी.
    • ४ साल अघि
    • २० पटक पढिएको
    चार गाउँपालिका जडीबुटीको पकेट क्षेत्र

    गोरखा। गोरखाका चार गाउँपालिकालाई जडीबुटीको पकेट क्षेत्र घोषणा गरिएकोे छ ।

    गण्डकी प्रदेश डिभिजन वन कार्यालयले अजिरकोट, धार्चे, बारपाक सुलीकोट र आरुघाट गाउँपालिकालाई जडीबुटी खेतीका लागि जिल्लाको पकेट क्षेत्र घोषणा गरेको हो ।

    जिल्लाको उच्च हिमाली भेकमा जडीबुटी खेतीको राम्रो सम्भावना रहेकाले तिनको विस्तार र प्रशोधन गर्ने उद्देश्यले पकेट क्षेत्र छनोट गरिएको उक्त कार्यालयका प्रमुख इमनाथ पौड्यालले जानकारी दिए। ‘‘छनोट भएका गाउँपालिकामा जडीबुटीको व्यावसायिक खेतीको राम्रो सम्भावना देखिएको छ,’’ उनले भने, “पकेट क्षेत्र घोषणा भएका ठाउँमा कार्यालयले विशेष कार्यक्रम गर्ने तयारी गरिरहेकोे छ ।”

    कार्यालयले अजिरकोट र धार्चे गाउँपालिको सबै क्षेत्र र बारपाक सुलीकोट र आरुघाट गाउँपालिकाका वडा नं १ देखि ४ सम्मका वडालाई पकेट क्षेत्रमा समेटेको छ ।

    ‘‘जडीबुटी खेतीबाट कत्तिको आम्दानी हुन्छ, भन्ने कुराको जानकारी त्यस क्षेत्रका किसानलाई दिनु आवश्यक छ, उनले भने, “अनि मात्र व्यावसायिक खेतीको विकास शुरु हुन्छ ।” त्यस क्षेत्रमा उत्पादन हुनसक्ने थप जडीबुटीे पहिचान गरी तिनको प्रबद्र्धनका लागि समेत पकेट क्षेत्र घोषणा गरेपछि सजिलो हुने प्रमुख पौडेलको भनाइ थियो ।

    उनले ती स्थानमा चिराइतो, सतुस, कुड्की, बनलसुन टीमुर, काउलो, दालचिनी, रिठ्ठा, सुनगाभालगात जडिबुटीहरु प्रसस्तै उत्पादन हुने भएकाले तिनको संरक्षण, सङ्कलन, प्रशोधन र बिक्री गर्न सके जिल्लाकै आर्थिक सुधारमा जडीबुटीले ठूलो योगदान पुर्याउने बताए। जिल्लाको उच्च हिमाली भेकमा पाँचऔले, यार्सागुम्बा जस्ता बहुमूल्य र दुर्लभ जडीबुटी समेत पाइन्छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित