- Loading...
काठमाडौँको तापक्रम दुई डिग्रीमा झर्यो
- कृषि टि.भी.
- ४ साल अघि
- ३९ पटक पढिएको

ललितपुर। काठमाडौँसहित मुलुकका सबै क्षेत्रमा जाडो बढ्ने क्रम जारी रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मौसमविद सुजन सुवेदीले सोमबार काठमाडौँ उपत्यकामा यो वर्षको अहिलेसम्मकै सबैभन्दा कम न्यूनतम तापक्रम मापन भएको जानकारी दिए ।

उनका अनुसार सोमबारको न्यूनतम तापक्रम २.५ डिग्री सेल्सियस मापन गरिएको छ । आइतबार काठमाडौँमा अधिकतम तापक्रम २०.५ डिग्री सेल्सियस पुगेको थियो भने आज पनि १८ देखि २० डिग्रीकै आसपासमा अधिकतम तापक्रम रहनेछ ।
आज देशका पूर्वी तथा मध्य भूभागमा सामान्यदेखि पूर्ण बदली रहने तथा पश्चिमि क्षेत्रमा आंशिक बदली रहने उनले बताए । देशको पूर्वी तथा मध्य क्षेत्रका केही स्थानहरुमा तथा पश्चिमि पहाडी भूभागका एक वा दुई स्थानमा हल्का वर्षा हुने सम्भावना रहेको मौसमविद सुवेदीले बताए ।
देशको पूर्वी तथा मध्य क्षेत्रको उच्च पहाडी भेगका केही स्थानहरुमा हल्का देखि मध्यम खालको हिमपातको सम्भावना रहेको पनि मौसमविद सुुवेदीले बताए ।
सोमबारराति देशभर सामान्य देखि पूर्णतया बदली रहने, पूर्वी तथा मध्य क्षेत्रका केही स्थानहरुमा तथा पश्चिमि पहाडी भूभागका एक दुई स्थानमा हल्का वर्षा हुने सम्भावना रहेको छ ।

