FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • काठमाण्डौसहित आसपासका क्षेत्रमा अहिले घाम लागे पनि दिउँसोपछि पानी पर्ने

    • कृषि टि.भी.
    • १ साल अघि
    • ५७ पटक पढिएको
    काठमाण्डौसहित आसपासका क्षेत्रमा अहिले घाम लागे पनि दिउँसोपछि पानी पर्ने

     

    काठमाण्डौ उपत्यकासहित आसपासका क्षेत्रमा यतिबेला घाम लागेको छ । तर अहिले घाम लागे पनि दिउँसो पछि पानी पर्ने मौसमविद्ले बताएका छन् ।
    मौसमविद् हिरा भट्टराईका अनुसार आज प्रदेश–१, वाग्मती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ ।
    गएराति पनि काठमाण्डौसहित देशका केही ठाउँमा ठूलो वर्षा भएको थियो । आज दिउँसो काठमाण्डौसहित वाग्मती, गण्डकी र प्रदेश–१ का केही ठाउँमा ठूलो वर्षाको अनुमान छ । यस्तै, राति यी प्रदेशसहित सुदूरपश्चिमका केही ठाउँमा पनि ठूलो पानी पर्ने अनुमान गरिएको मौसमविद् हिरा भट्टराईले जानकारी दिए ।
    उनका अनुसार केही दिन लगातार झरी पर्ने सम्भावना भने छैन । तर प्रि–मनसुनको जस्तै केही ठाउँमा एक्कासी ठूलो वर्षा हुने भएकाले बाढी पहिरोको जोखिम छ । हिजो बेलुकी परेको ठूलो पानीका कारण काठमाण्डौ उपत्यकाका वाग्मती, विष्णुमती, पुण्यमति, हनुमन्ते, मनोहरा लगायतका नदी, खोलाहरुमा बाढी आएको छ ।
    वाग्मती छेउछाउमा सडकसम्म नै बाढी पसेको छ । यस्तै, दैलेखको ग्वाँटी र आसपासका क्षेत्रमा पनि ठूलो वर्षा भएको छ । त्यस क्षेत्रमा बहने साना नदी तथा खोलामा बाढी र भिरालो क्षेत्रमा पहिरोको खतरा रहेकाले सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ । राति पानी परेका अरु ठाउँमा पनि खोला नदीमा पानीको बहाव बढेकाले सतर्कता अपनाउन महाशाखाले भनेको छ ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित