FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • आज हल्का वर्षा, पर्सि भने देशैभर पानी पर्ने सम्भावना

    • कृषि टि.भी.
    • १ साल अघि
    • १५२ पटक पढिएको
    आज हल्का वर्षा, पर्सि भने देशैभर पानी पर्ने सम्भावना

     

    मनसुनी प्रणाली सक्रिय नभएकाले आज हल्का मात्रै पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।
    मौसमविद् वरुण पौडेलका अनुसार आज गण्डकी र वाग्मती प्रदेशका पहाडी क्षेत्रका एक÷दुई ठाउँमा हल्का वर्षाको सम्भावना छ । अन्य प्रदेशमा खासै पानी पर्ने सम्भावना छैन ।
    भोलि पनि पहाडी क्षेत्रका केही ठाउँमा पानी पर्ने अनुमान छ । वाग्मती र प्रदेश–१ का केही ठाउँमा भने भोलि ठूलो पानी पर्न सक्ने अनुमान गरिएको छ । पर्सि भने मनसुन फेरि सक्रिय हुने अनुमान छ । यसले गर्दा देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसमविद् वरुण पौडेलले जानकारी दिए । उनका अनुसार पर्सि प्रदेश–१, वागम्ती, गण्डकी र सुदूरपश्चिम प्रदेशमा ठूलो पानी पर्ने अनुमान छ ।
    अन्य प्रदेशमा भने हल्कादेखि मध्यम वर्षा हुने मौसमविद्ले बताएका छन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित