FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • प्याजको चिया पिउनुहोस् छिट्टो तौल घटाउनुहोस्

    • कृषि टि.भी.
    • ६ साल अघि
    • ३२ पटक पढिएको
    Post Thumbnail

    तपाईंले अहिलेसम्म पक्कैपनि प्याजको चियाको बारेमा केही सुन्नुभएको छैन हो । तर प्याजको चिया मानव स्वास्थ्यको लागि फाइदाजनक हुन्छ ।
    प्याजको चियाले तौल घटाउनुका साथै मधुमेहको समस्यालाई पनि न्यूनिकरण गर्दछ । प्याजको चिया प्याजको बोक्राबाट बनाउन सकिन्छ । यसमा क्वेरसेटिन नामको पिग्मेन्ट हुन्छ जसले मानव स्वास्थ्यमा अत्यधिक फाइदा पुर्याउँछ ।
    यसले शरीरमा रगतलाई जम्न दिँदैन जसबाट हाइपरटेन्सनको खतरा हुँदैन । यसको साथै यदि निन्द्रा नलाग्ने समस्या (इन्सोम्निया)बाट प्रभावित हुनुहुन्छ भने पनि प्याजको चियाले फाइदा पुर्याउँछ । यसलाई दिनबाट एकपटक पिउनुहोस्, फरक अनुभूति गर्नुहुनेछ ।
    एक अध्ययनका अनुसारमा प्याजले क्यान्सरको सेल्सलाई बढ्न दिँदैन भने कोलोन क्यान्सरलाई ठीक पनि गर्दछ ।
    २०११ मा गरिएको एक अध्ययनका अनुसार प्याजको बोक्राले ग्लूकोज रेस्पोन्सलाई बढोत्तरी गरेर इन्सुलिन बढाउँदै टाइप टु डाइबेटिजबाट समेत सञ्चो बनाउँछ ।
    प्याजको चिया बनाउनको लागि पानी उमाल्नुहोस् र त्यसमा प्याजको टुक्राहरु हाल्नुहोस् । उम्लिएको पानीमा कागतीको रस र ग्रीन चियाको ब्याग राख्नुहोस् ।
    पानी राम्रोसँग उम्लिएपछि छानेर मह मिलाएर पिउन सकिन्छ । तर यस्तो चिया गर्भवती महिला र बच्चालाई दूध चुसाउने आमाले पिउनु हुँदैन ।
    स्रोत : वन्लीआयुर्वेद डटकम

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित