FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • अनुदानमा दिएको नुन हरायो

    • कृषि टि.भी.
    • १ साल अघि
    • २६० पटक पढिएको
    अनुदानमा दिएको नुन हरायो

     

    सनत हमाल
    मुगु । नेपाल सरकारले साविकको कर्णाली अंचलका ५ जिल्ल्लामा अनुदान स्वरूप उपलब्ध गराउँदै आएको नुन हराएको छ । मुगुमा बिक्री वितरणका लागि नेपाल सरकार बाट अनुदान स्वरूप उपलब्ध गराएको १ सय ५९ कुइन्टल नुन जिल्ला सदरमुकाम गमगढी बजारबाट हराएको हो ।
    साल्ट ट्रेडिङ कर्पोरेसन शाखा कार्यालय मुगु र छाँयानाथ रारा एयर कार्गो ढुवानी सेवाले गत आर्थिक बर्ष २०७८– ७९ का लागि पहिलो र दोस्रो चरण गरी कुल २ हजार सातसय क्वीन्टल नुन नेपालगन्जदेखि मुगु सदरमुकाम गमगढीको साल्ट ट्रेडिङ कर्पोरेसन शाखा कार्यालय मुगु सम्म ढुवानी गर्ने सम्झौता भएको थियो । सोही बमोजिम ढुवानी गर्नुपर्ने नुन छायाँनाथ रारा एयर कार्गो ढुवानी सेवाले पटक पटक गरि ढुवानी समेत गरेको र साल्ट ट्रेडिङ कर्पोरेसन कार्यालय शाखा मुगु र जिल्ला प्रशासन कार्यालको प्रतिनिधिको रोहबरमा नुन बुझाएको छायाँनाथ रारा एयर कार्गो ढुवानी सेवा मुगुका साहेक ठेकदार पुलिन्द्र बहादुर बुढाको भनाइ छ ।
    बाँकेको चलानि बिल नं–२०८ मार्फत गत चैत्र ८ गते नुन खरिद भएको उक्त नुन लोड गरेको गाडी नं– भे १ ख ३६९० चैत्र १२ गते मुगु र जुम्लाको सिमाना क्षेत्रमा पर्ने बुल्बुलेको आर्मी चेकपोष्टमा ३३ नं मा मुगु सदरमुकाम गमगढीमा जाँदै गरेको दर्ता भएको पाइएको छ । चैत्र १३ गतेको आइतबार मध्यान्ह साल्ट ट्रेडिङ कर्पोरेसन कार्यालय मुगुका प्रमुख खगेन्द्र कार्कीकि श्रीमती बिद्या मल्ल कार्की र जिल्ला प्रशासन कार्यालयको प्रतिनिधिको रोहवरमा नुन बुझाएको सहायक ठेकेदार बुढाले बताए । तर, यता साल्ट ट्रेडिङ कर्पोरेसन शाखा कार्यालय मुगुका कार्यालय प्रमुख खगेन्द्र कार्कीले भने हाल सम्म मुगुमा सम्झौता भएको २७ सय कुइन्टल नुन मध्ये २५ सय ४१ कुइन्टल मात्र नुन आइपुगेको र १५९ कुइन्टल नुन नआएको बताए ।
    यसैगरी प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले कर्णालीमा अनुदानका लागि ढुवानी गर्दै आएको नुनको बिषयमा आफू पूर्ण रुपमा जानकार भएकाले निज फर्मले एक सय ५९ क्विन्टल नुन ढुवानी नगरेको बताए । उनले मौज्दात अभिलेखमा नभेटेपछि नुन गोदाममा कति नुन मौज्दात छ भनेर पुनः गणना गर्न लगाउँदा गोदाममा नुन नभेटिएको बताए । कर्णालीमा अनुदानका लागि ढुवानी गर्दैआएका ढुवानी सेवाले सम्बन्धित ठाउँमा ढुवानी नगरी बाटोमै नुन बिक्री गर्ने गरेको पाइएको प्रमुख अधिकारी रोमबहादुर महतको भनाइ छ ।
    कर्णालीका दुर्गम क्षेत्रका लागि राज्यले सहुलियत ढुवानी व्यबस्था गरेको छ । बाँकेको साल्ट ट्रेडिङ कर्पोरेसन कार्यालयदेखि मुगुको सदरमुकाम गमगढी सम्म नुन प्रतिकेजी नौं रुपियाँमा ढुवानी हुने गर्दछ । यहाँका नागरिकले नुन खरिदमा प्रतिकेजी ९ रुपैँयामा उपलब्ध हुनेमा अहिले १० रुपैयामा खरिद गरिरहेको पाइएको छ ।

     

     

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित