FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • भदौ ५ गतेदेखि ५० जिल्लाका बालबालिका लक्षित खोप अभियान

    • कृषि टि.भी.
    • १ साल अघि
    • ९७ पटक पढिएको
    भदौ ५ गतेदेखि ५० जिल्लाका बालबालिका लक्षित खोप अभियान

     

    सरकारले आउँदो भदौ ५ गतेदेखि दोस्रो चरणअन्तर्गत बाँकी ५० जिल्लाका बालबालिकालाई कोरोनाविरुद्धको खोप अभियान सुरु गर्ने भएको छ ।
    भदौ ५ गतेदेखि भदौ ११ गतेसम्म पहिलो मात्रा र भदौ २७ गतेदेखि असोज १ गतेसम्म दोस्रो मात्रा फाइजर खोप लगाइने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । ५० जिल्लाका ५ देखि १२ वर्षमुनिका बालबालिका लक्षित खोप अभियान सुरु हुन लागेको हो ।
    प्रदेश–१ का भोजपुर, धनकुटा, खोटाङ, ओखलढुङ्गा, पाँचथर, शङ्खुवासभा, सोलुखुम्बु, ताप्लेजुङ, तेह्रथुम र उदयपुरमा खोप अभियान सञ्चालन हुनेछ । त्यस्तै मधेस प्रदेशका बारा, रौतहट र सर्लाही, वाग्मती प्रदेशका रामेछाप, दोलखा, धादिङ, नुवाकोट, रसुवा र सिन्धुपाल्चोक तथा गण्डकी प्रदेशका बाग्लुङ, गोरखा, लमजुङ, मनाङ, मुस्ताङ, म्याग्दी, पर्वत, स्याङ्जा र तनहुँमा खोप अभियान सञ्चालन हुने मन्त्रालयले जनाएको छ ।
    लुम्बिनी प्रदेशमा कपिलवस्तु, अर्घाखाँची, गुल्मी, पाल्पा, प्युठान, रोल्पा र पूर्वी रुकुम, कर्णाली प्रदेशमा पश्चिम रुकुम, सल्यान, डोल्पा, हुम्ला, जुम्ला, कालीकोट, मुगु, दैलेख र जाजरकोट तथा सुदूरपश्चिम प्रदेशमा अछाम, डोटी, बाजुरा, बैतडी र दार्चुलामा खोप अभियान सञ्चालन हुनेछ ।
    बालबालिकालाई दिइने फाइजर खोप सुरक्षित भएकाले ढुक्कसँग आफ्ना बालबालिकालाई लगाउन मन्त्रालयले आग्रह गरेको छ । पहिलो चरणमा जस्तै दोस्रो चरणमा पनि विद्यालयमै खोप केन्द्र राख्ने सरकारको तयारी छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित