- Loading...
सामुहिक खेतीलाइ प्राथमिकता दिदै इन्द्रावती गाउँपालिका
- कृषि टि.भी.
- १ साल अघि
- १६० पटक पढिएको

सिन्धुपाल्चोक जिल्लाको इन्द्रावती गाउँपालिकाले सामुहिक खेती प्रणालीलाइ प्राथमिकता दिएको छ । गाउँपालिकाले सामुहिक खेती मार्फत नै कृषिलाइ अगाडि बढाउने सकिने भन्दै माटो परिक्षण, कृषकलाइ आवश्यक वीउ विजन वितरण, बजारको व्यवस्थापन लगायतलाइ मध्यनजर गरेर नीति तथा कार्यक्रम ल्याएको छ । साथै गाउँपालिकाले पकेट क्षेत्र छुट्याएर कृषिमा लगानी गर्ने योजना बनाएको गाउँपालिका उपाध्यक्ष सोभना तामाङले बताइन् । भौगोलिक विशेषता अनुसार मकै, किवी लगायत सामुहिक खेतीका लागि वडागत रुपमा पकेटका कार्यक्रमहरु सञ्चालन गर्ने उनको भनाइ छ । कृषिलाइ सामुहिक, व्यवसायिक र आधुनिकिकरण गर्दै लैजान गाउँपालिकाले चालु आर्थिक वर्षका लागि १ करोड ९३ लाख ३० हजार बजेट विनियोजन गरेको उनले बताइन ।
कार्यक्रम कृषिमा पालिकामा हामीले गाउँपालिका उपाध्यक्ष सोभना तामाङसँग गाउँपालिकाभित्र कृषिको सम्भावना, कृषिका लागि छुट्याएको बजेट, बजार व्यवस्थापन लगायत समस्या र चुनौती के कस्ता छन भन्ने विषयमा आधारित रहेर कुराकानी गरेका छौ । कुराकानी हेर्नका लागि तलको लिंक क्लिक गर्नुहोला ।


