
FLASH NEWS
- Loading...
प्रर्याप्त वर्षा नहुँदा देशभर धान रोपाइँ प्रभावित
गत वर्षको तुलनामा ११ प्रतिशत कम
- कृषि टि.भी.
- ८ महिना अघि
- १३३ पटक पढिएको


असार महिनामा प्रर्याप्त वर्षा नहुँदा देशभर धान रोपाइँ प्रभावित भएको छ । असारमा हुनुपर्ने रोपाइँ गत वर्षको तुलनामा ११ प्रतिशत कम भएको छ । कृषि मन्त्रालयको तथ्यांक अनुसार असार अन्तिमसम्ममा देशभर कुल ९ लाख ७० हजार ४ सय ८४ हेक्टर क्षेत्रफल अर्थात कुल रोपाइँ हुने क्षेत्रफलको ६५ प्रतिशत रोपाइँ सकिएको छ ।
गत वर्ष यो अवधिमा ११ लाख २२ हजार ८ सय ७ हेक्टर क्षेत्रफल अर्थात ७६ प्रतिशत मा रोपाइँ सकिएको मन्त्रालयको भनाइ छ । कृषि विभागका अनुसार असार मसान्तसम्म मधेश प्रदेशमा ५७ र प्रदेश १ मा ४९ प्रतिशत क्षेत्रफलमा रोपाइँ सकिएको छ।
हालसम्म बागमती प्रदेशमा ६५, गण्डकी र लुम्बिनी प्रदेशमा ७५, कर्णालीमा ५६ र सुदूरपश्चिम प्रदेशमा ८७ प्रतिशत क्षेत्रफलमा रोपाइँ सकिएको मन्त्रालयको तथ्यांक उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
