FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • नवलपरासीका सन्देश तिमिल्सिनाको फर्मामा फलेका भेन्टा (फोटोफिचर)

    • कृषि टि.भी.
    • १ साल अघि
    • ३०१ पटक पढिएको
    नवलपरासीका सन्देश तिमिल्सिनाको फर्मामा फलेका भेन्टा (फोटोफिचर)

    नवलपरासी । नवलपरासी(बर्दघाट सुस्तापूर्व) स्थित कावासोती नगरपालिका १६ डन्डामा सन्देश तिमिल्सिनाले तरकारीजन्य वस्तु र विभिन्न भेराइटीका तरकारीका विरुवा उत्पादन गरी बजारीकरण गर्दै आएका छन् ।

    सुरुमा ४ लाखबाट कृषि लगानी गरेका तिमिल्सिनाले जैविक र अग्र्यानिक तरकारी उत्पादन र बीऊ बेर्नाहरु उत्पादन गर्दै आएका छन् । अहिले उनले अग्र्यानिक टमाटर र भेन्टालगायतका तरकारीहरु बजारमा पठाइसकेका छन् ।

    १५ बोटबाट भेन्टा उत्पादन परिक्षण गरेका उनले अहिले उत्पादन राम्रो भएपछि अन्य १० कठ्ठा जमिनमा पनि भेन्टा लगाउने सोच बनाएका छन् । रामपुर क्याम्पसमा कृषि बिषयमा बिएससी पढेर आफुले केही गर्नुपर्छ भनेर लागि परेका तिमिल्सिना कृषि गरेर निकै सन्तुष्ट छन् । उनलाई प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना(पीएमएमपी) ले पनि सिँचाई, पोखरी निर्माण, ड्रीप मोटरलगायतमा अनुदान सहयोग गरेको छ । उनले भेन्टाबाहेक टमाटर, खुर्सानी, प्याज, करेलालगायतका कृषि उपजको उत्पादन गर्ने योजना बनाएका छन् ।

    प्रस्तुत छ, उनको फार्ममा कैद गरिएका केही तस्विरहरु…



     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित