FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • जङ्गली जनावरले मकै बाली सखाप पारेपछि किसान चिन्तित

    • कृषि टि.भी.
    • ८ महिना अघि
    • १५७ पटक पढिएको
    जङ्गली जनावरले मकै बाली सखाप पारेपछि किसान चिन्तित

     

    दाङमा जङ्गली बँदेलले मकै बालीमा क्षति गर्न थालेपछि स्थानीयवासी चिन्तित भएका छन् । बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र र आसपासका जङ्गली बँदेल र बाँदरले अन्नबाली सखाप पार्न थालेपछि स्थानीयवासी चिन्तित भएका छन् ।
    दाङसँग सिमाना जोडिएको बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने बबई गाउँपालिका ७ मलईमा पनि जङ्गली बँदेल र बाँदरले बर्सेनि अन्नबाली नष्ट गर्दै आएको स्थानीयवासीको गुनासो छ । राष्ट्रिय निकुञ्ज भएपछि जङ्गलमा जनावर बढ्दै गएको र गाउँमा आएर अन्नबाली क्षति गर्ने गरेको स्थानीय प्रेम पुनको भनाइ छ । उनका अनुसार गाउँमा झन्डै तीन सय घर रहेको र बारीमा लगाएको अन्नबाली जङ्गली जनावरले नष्ट गरिदिने गरेका छन् । किसानले पटक पटक भोग्दै आएको समस्याका लागि पटक–पटक निकुञ्ज र पालिकालाई खबर गरे पनि समाधान गर्न कसैले पहल नगरेको किसानको गुनासो छ ।
    शान्तिनगर गाउँपालिका २ सिमसुन्दुरपुर र विष्णुपुरका किसानले लगाएको मकैबाली दर्जनौँको सङ्ख्यामा आउने जङ्गली बँदेलले नष्ट गरेका छन् । पश्चिम दाङका बबई, शान्तिनगर, दङ्गीशरणका केही वडामा जङ्गली बँदेलले अन्नबाली नष्ट गर्दै आएका छन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    १%