FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • युक्रेन र रसियाले अन्न निर्यात सम्झौतामा गरे हस्ताक्षर

    • कृषि टि.भी.
    • ८ महिना अघि
    • २०१ पटक पढिएको
    युक्रेन र रसियाले अन्न निर्यात सम्झौतामा गरे हस्ताक्षर

    काठमाडौं । रुस र युक्रेनबिच खाद्यान्न निर्यातको बाटो खुला गर्न सम्झौता भएको छ । संयुक्त राष्ट्र सङ्घले तयार पारेको सम्झौतामा शुक्रबार टर्कीको राजधानी इस्तानबुलमा युक्रेन, रुस, टर्की र राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेसले हस्ताक्षर गरेको छन् । यो सम्झौताले युक्रेनमा युद्धका कारण फसेको लाखौँ टन अन्न निर्यात गर्न अनुमति दिनेछ ।

    २४ फेब्रुअरीमा रुसको आक्रमणपछि युक्रेनी अन्नको विश्वव्यापी अभावले लाखौँलाई भोकमरीको जोखिममा पारेको छ भने महँगी पनि अकासिएको छ । युक्रेनको अन्नको नाकाबन्दीले रोटी र पास्ता जस्ता गहुँमा आधारित उत्पादनहरू महँगो हुँदै गएको र खाना पकाउने तेल र मलको मूल्य पनि बढेकोले विश्वव्यापी खाद्य संकट निम्त्याएको छ ।

    शुक्रबार भएको सम्झौतासँगै २० मिलियन टन भन्दा बढी युक्रेनी अन्नलाई अनब्लक गर्ने सम्भावनाले गहुँको मूल्यमा २ प्रतिशतले गिरावट आइसकेको छ । युक्रेन विश्वको सबैभन्दा ठुलो अन्न उत्पादक मध्ये एक हो ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित