FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • धनकुटामा कुल खेती योग्य जमिनको ९८ प्रतिशत उपयोग

    • कृषि टि.भी.
    • १ साल अघि
    • १७३ पटक पढिएको
    धनकुटामा कुल खेती योग्य जमिनको ९८ प्रतिशत उपयोग

     

    प्रदेश नम्वर १ मा सबै भन्दा धेरै खेती योग्य जमिनको उपयोग गर्ने जिल्ला धनकुटा रहेको पाइएको छ । धनकुटामा कुल खेती योग्य जमिनको ९८ प्रतिशत उपयोग गरिरहेको प्रदेश– १ को भूमि व्यावस्था कृषि तथा सहकारी मन्त्रालय कृषि विकास निर्देशनालयले प्रकाशन गरेको वार्षिक प्रगति प्रतिवेदन तथा तथ्यांकमा उल्लेख गरिएको छ ।
    धनकुटाको कुल ८९ हजार २ सय हेक्टरमध्ये खेती योग्य जमिन भने ४० हजार ७ सय २३ हेक्टर क्षेत्रफल मात्रै रहेको तथ्यांक रहेको छ । जसमा ३९ हजार ९ सय १० हेक्टर क्षेत्रफलमा बालीनाली लगाइने गरिएको छ ।
    प्रदेश–१ मा सबै भन्दा कम ओखलढुंगामा ५९ हजार ६३ हेक्टर क्षेत्रफल खेती योग्य जमिन रहेको भएपनि उपयोग भने २३ हजार ८ सय ७० हेक्टर अर्थात कुल खेती योग्य जमिनको ४०. ४१ प्रतिशतमा मात्र खेती गरिएको छ ।

     

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित