FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • दुध नै नक्कली

    • कृषि टि.भी.
    • ३ साल अघि
    • १७ पटक पढिएको
    दुध नै नक्कली

    नक्कली दुध बनाउन प्रयोग गरिने केमिकल तथा अन्य खतरानाक रसायनका कारण क्यान्सर तथा ट्यूमर जस्ता खतरानाक बिरामीको संख्या बढिरहेको छ ।
    मिलावट गरिएको दुधको सेवनले क्यान्सर र ट्यूमरको खतरा बढ्दै गएको क्यान्सर रोग विशेषज्ञ डा. अर्पण चतुरमेहताको भनाई छ । उहाका अनुसार नक्कली दुधमा प्रयोग गरिने केमिकल तथा रसायनका कारण मानिसहरु क्यान्सर तथा ट्युमर जस्ता प्राणघातक रोगको शिकार भइरहेका छन् । सिन्थेटिक अर्थात पाउडर दुध यूरिया, डिटरजेन्ट, कास्टिक सोडा तथा कैयौं खतरानाक केमिकल मिलाएर बनाइन्छ । जसको सेवनका कारण दिन प्रतिदिन क्यान्सर तथा ट्यूमर जस्ता प्राणघातक रोगका विरामी बढ्दै गएको चिकित्सकहरुले बताएका छन । डाक्टर चतुर मेहताले सिन्थेटिकी दुधको बढ्दै गएको प्रयोगले सन् २०३० सम्ममा करिब ४० प्रतिशत मानिस क्यान्सर तथा ट्यूमरको सिकार बन्ने चेतावनी दिनुभएको छ । पछिल्लो समय मिसावटी दुधका कारण पेटको क्यान्सर, ब्रेष्ट क्यान्सर जस्ता विरामी तीब्र गतिमा बढ्दै गएका छन् । मिसावट गरिएको दुध तथा त्यसबाट बन्ने अन्य उत्पादनका कारण यस्तो खतरा रहेको चिकित्सकहरुको भनाई छ ।।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित