FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • कच्चापदार्थको अभावमा राडीपाखी उद्योग बन्द

    • कृषि टि.भी.
    • १ साल अघि
    • ३० पटक पढिएको
    कच्चापदार्थको अभावमा राडीपाखी उद्योग बन्द

    कच्चापदार्थको अभावले जुम्लाको एकमात्र राडीपाखी उद्योग बन्द भएको छ । महिनौँदेखि उत्तरी नाका बन्द भएकाले ऊन आयात हुन सकेको छैन । ऊन ल्याउन नसकेपछि तामाङ झोला तथा राडीपाखी उद्योगको काम बन्द भएको उद्योग सञ्चालक कुन्जाङ फुटिक तामाङले बताए । अहिले बजारमा माग धेरै भए पनि कोभिडपछि कच्चापदार्थ सङ्कलन गर्न नसक्दा उद्योग बन्द गर्नु परेको हो । विगत दुई वर्षदेखि उद्योगको काम ठप्प छ । जुम्ली भेडाको कालो र सेतो ऊनबाट बन्ने सामग्रीको माग पनि बढ्दो छ तर जुम्ली भेडाको ऊन छोटो हुने भएकाले अलि झन्झटिलो हुन्छ ।
    चीनबाट आउने ऊन लामो र मुलायम हुने भएकाले सामग्री सजिलै उत्पादन हुने उनको भनाइ छ । पछिल्लो समय जुम्लामा पनि भेडाको ऊन अभाव हुँदै गइरहेको र गाउँमा परम्परागत तरिकाले राडीपाखी बुन्ने धेरै भएकाले पनि उद्योगका लागि ऊन पाउन मुस्किल छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित