FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • व्यवसायले बजार र सरकारी सहयोग नपाएको गुनासो

    कच्चा पदार्थको पनि अभाव
    • कृषि टि.भी.
    • ८ महिना अघि
    • १२४७ पटक पढिएको
    व्यवसायले बजार र सरकारी सहयोग नपाएको गुनासो

     

    तेह्रथुम जिल्लाका उद्योगी व्यवसायीहरुले सरकारी सहयोग र बजार पाउन नसकेको गुनासो गरेका छन् । स्थानीय पूँजी, श्रम र सीप प्रयोग गरेर स्थापना गरिएका साना र मझौला उद्योगले सरकारी सहयोग पाउन नसकेको गुनासो उनीहरुले गरेका हुन् ।
    कच्चा पदार्थको पनि अभाव खेपिरहेका जिल्लाका करिब १८ सय उद्योगलाई बजारको पनि अभाव रहँदै आएको छ । अन्य सामाग्रीको तुलनामा धातु, ढाका, फलफूल, दुग्द्यजन्य पदार्थ, बिस्कुट, हस्तकला, मह र फलामका औजारको माग भने बढ्दो छ ।
    स्थानीय स्तरमा पर्याप्त कच्चा पदार्थ नपाईने भएकाले यस्ता उद्योगले वर्षभरी नै कच्चा पदार्थको अभाव खेपिरहेका छन् । त्यहीकारण उद्योगले आफ्नो उत्पादन समेत बढाउन सकेका छैनन् । उत्पादन भएको सामाग्रीहरु बिक्री गर्ने उपयुक्त बजार नहुँदा व्यवसायीलाई समस्या हुँदै आएको छ । सरकारले सीप दिए पनि उचित बजारको पनि व्यवस्थनपन गरिदिए व्यवसाय सञ्चालन गर्न सहज हुने आशा रहेको बसन्तपुरकी हिमकला भुजेलले बताइन ।
    साहुबाट ऋण लिएर उद्योग सञ्चालन गर्दै आएका युवाहरु सरकारले उत्पादनमा समेत सहयोग नगरेको युवा व्यवसायी श्याम पौडेलको गुनासो पोखे ।
    घरमै बसेर सञ्चालन गर्न सकिने यस्ता उद्योगलाई बेला बेलामा सीपमूलक तालिम भने दिने गरिएको छ ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    १%