FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • मारमा किसान

    • कृषि टि.भी.
    • ५ साल अघि
    • १७ पटक पढिएको
    मारमा किसान

    यतिबेला लमजुङका किसानहरुलाई उत्पादित अलैँचीको गुणस्तर निर्धारण गर्न भ्याइनभ्याई छ । अलैँचीको गुणस्तर छुट्याएसँगै उनीहरुले अलैँची बिक्रीसमेत गर्न थालेका छन् । जिल्लामा ६० प्रतिशतभन्दा बढी अलैँची बिक्री भैसकेको छ । गुणस्तर निर्धारण नगरी अलैँची बिक्री गर्दा नोक्सानी व्यहोर्नुपर्नेमा लमजुङका किसान सजग छन् ।
    गुणस्तर अलैँची बेच्न सके राम्रो मूल्य पाउने र अन्तर्रा्ष्ट्रिय बजारमा छुट्टै पहिचान स्थापित गर्न सकिने भएकाले नेपाल अलैँची व्यवसायी महासंघ लमजुङको पहलमा जिल्लाका अलैँची उत्पादक किसानहरुले अलैँचीको गुणस्तर निर्धारण गरी बिक्री गर्न थालेको नेपाल अलैँची व्यवसायी महासंघ लमजुङले जनाएको छ ।

    तीन किसिमले उत्पादित अलैँचीको गुणस्तर निर्धारण गरिन्छ । ठूलो दाना, नफुटेको, पुच्छर नभएको अलैँचीलाई गुणस्तरीय अलैँची मानिन्छ । यसलाई जम्बो जेठ (जेजे) भनिन्छ । पुच्छर नभएको, दाना मध्यम खालको भएको अलैँचीलाई ‘मिडियम साइज’मा राखिन्छ । पुच्छर भएको, टुटेफुटेको, तुलनात्मक रुपमा दाना सानो भएको अलैँचीलाई चलनचल्तीको अलैँचीको रुपमा लिइन्छ ।
    विगतको तुलनामा जिल्लामा अलैँचीको उत्पादन घटेको र उत्पादित अलैँचीले पनि आकर्षक मूल्य नपाउँदा यहाँका अलैँची उत्पादक किसानहरुमा निराशा छाएको छ । गतवर्ष जिल्लामा ८ सय २१ क्विन्टल अलैँची उत्पादन भएको हो । यसवर्ष ६ सय क्विन्टल अलैँची उत्पादन हुने अलैँची व्यवसायी महासंघ लमजुङले अनुमान गरेको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित