FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • सिचाई सुविधा

    • कृषि टि.भी.
    • ५ साल अघि
    • १५ पटक पढिएको
    सिचाई सुविधा

    बाँके जिल्लाका हजारौँ किसानले वर्षौंदेखि निर्माण पूरा हुने प्रतिक्षा गरिरहेको राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनाले एक हजार पाँच सय हेक्टर जग्गालाई सिँचाइ सुविधा पुग्ने गरी पहिलोपटक पश्चिमी नहरमा पानी छोडिएको छ । पश्चिमी नहर निर्माण भएपछि किसानका लागि खेती गर्न पानी छोडिएको आयोजनाले जनाएको छ ।
    गतवर्ष नै पानी छोड्ने लक्ष्य भए पनि हाल आएर मात्र पश्चिमी नहरको ४५ दशमलव २५ किलोमिटरको निर्माण कार्य करिब करिब पूरा भएकोले किसानको मागअुनसार सिँचाइका लागि पहिलोपटक नहरमा पानी छोडिएको आयोजनाले जनाएको छ ।
    पश्चिमतर्फको मूल नहर निर्माण कार्य ९९ प्रतिशत सम्पन्न भएको जनाउँदै केही ठाउँमा एक÷दुईवटा पुल मात्र निर्माण गर्न बाँकी रहेकोले सो काम पनि हुँदै जाने र नहरको पानीले सिँचाइ सुविधा पनि उपलब्ध गराउने उद्देश्यले पानी छोडिएको बताइएको छ ।
    तत्काललाई आयोजनाले किसानहरूको मागअनुसार तीन क्युमेक पानी राप्ती नदीबाट नहरमा ल्याइएको छ । बाँकेको सिधनिया, राँझा र डुडुवा क्षेत्रमा पानी छोडिएको छ । अहिले ल्याएको पानीले सिधनिया क्षेत्रको पाँच सय हेक्टर र डुडुवा क्षेत्रको एक हजार हेक्टर जमिनलाई सिँचाइ हुने आयोजनाले जनाएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित