- Loading...
किसानलाई बिउ वितरण
- कृषि टि.भी.
- ५ साल अघि
- १२ पटक पढिएको

सप्तरीका बाढीपीडित क्षेत्रका किसानलाई सहुलियत दरमा गहुँ बीउ वितरण गरिएको छ । जिल्ला कृषि विकास कार्यालय सप्तरीले जिल्लाका बाढीपीडित किसानलाई गहँुको २० मेट्रिक टन बीउ वितरण गरेको सो कार्यालयले जनाएको छ ।
गत असार र साउन महिनामा आएको बाढीले प्रभावित क्षेत्रका किसानलाई गहुँ बालीमा आकर्षण गर्न तथा राहत प्रदान होस् भने उद्देश्यले प्रतिकिलो रु. ५०.२५ का दरले वितरण गरेको जिल्ला कृषि विकास कार्यालय सप्तरीले जनाएको छ ।
जिल्लामा २५ हजार हेक्टर क्षेत्रफलमा उत्पादन हुने गहुँबालीका लागि बाढीपीडितमा ४० मेट्रिक टन वितरण गरिने लक्ष्य रहेको छ ।
अहिलेसम्ममा २० मेट्रिक टन वितरण गरिसकेको छ । बाढीबाट प्रभावित हनुमाननगर कङ्कालिनी नगरपालिका र तिलाठी कोइलाडी गाउँपालिकाको तिलाठी, सकरपुरा, राजविराज नगरपालिका, रुपनी गाउँपालिका, इटहरी विष्णपुर, बेलहीचेपना, छिन्नमस्तालगायतका किसानलाई सहुलियत दरमा गहुँ बीउ वितरण गरिएको बताएको छ ।
बाढीले धानबालीमा क्षति पु¥याएको कारण उत्पादनमा आएको कमीले खाद्यन्न सङ्कट आउन सकिने सम्भावनालाई मध्यनजर गरी सरकारले सहुलियत दरमा गँहु, मसुरो दाल, तोरजस्ता बालीको बीउ उपलब्ध गराउन थालेको जिल्ला कृषि विकास कार्यालय सप्तरीले जनाएको छ ।


