FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • डेरी उद्योगमा जीएमपी लागु हुदै

    • कृषि टि.भी.
    • ५ साल अघि
    • ६१ पटक पढिएको
    Post Thumbnail

    पहिलो पटक डेरी उद्योगमा जीएमपी लागु गरिएको छ । एक वर्षसम्म ‘पाइलट प्रोजेक्ट’का रुपमा, त्यसपछि नियमित गरिने छ । नेपाल डेरी, खरिपाटी डेरी, मोडर्न डेरी, सैंजु डेरी, नवप्रभात डेरी र राजधानी डेरीमा पहिलो पटक जीएमपी लागू गरिएको हो ।
    नेपाल डेरी उद्योग सङ्घ र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको संयुक्त पहलमा ६ ओटा डेरीमा पाइलट प्रोजेक्टका रुपमा गुड म्यानुफ्याक्चरिङ प्राक्टिस (जीएमपी) लागू गरिएको छ ।
    नेपाल डेरी, खरिपाटी डेरी, मोडर्न डेरी, सैंजु डेरी, नवप्रभात डेरी, राजधानी डेरीमा पहिलो पटक जीएमपी लागू गरिएको सङ्घले जनाएको छ ।
    उपभोक्ताको स्वास्थ्यमा प्रत्यक्ष सरोकार राख्ने डेरी क्षेत्रले जीएमपी मापदण्डलाई अनुसरण गर्न सुरुमा ६ ओटा डेरीमा पाइलट प्रोजेक्टका रुपमा सुरु गरिएको बताइएको छ।
    सरकारले यसअघि औषधिमा जीएमपी लागू गरिसकेको छ । त्यसैगरी पानीमा पनि लागू गर्ने तयारी गरेको छ भने डेरी उद्योग आफैले पहल गरेर जीएमपीमा जान लागेको छ ।
    खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका अधिकारीलाई प्रत्येक महिना डेरी उद्योगमा बोलाउने र जीएमपीको बारेमा अध्ययन गर्न लगाउने उद्योग सङ्घले तयारी थालेको छ । विभागका पदाधिकारी र प्राविधिकलाई बोलाएर उद्योगले बनाएको पूर्वाधारबारे अध्ययन गर्न लगाउने, कच्चा दूधको गुणस्तर परीक्षण गर्न लगाउने र प्रशोधित दूधको गुणस्तरबारे परीक्षण गर्न लगाउने उद्योगले तयारी गरेको छ ।
    गुणस्तरहीन उत्पादन बजारमा गएको पाइएकाले कानुन बनाएर अत्यावश्यक वस्तुमाथि जीएमपी लगाउने तयारी गरिएको विभागले जनाएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित