FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • नेपाली धान वैज्ञानिकलाई सम्मान 

    • कृषि टि.भी.
    • ५ साल अघि
    • २१ पटक पढिएको
    Post Thumbnail

    नेपाल कृषि अनुसन्धान परिषद(नार्क) मा कार्यरत धानका वैज्ञानिक उज्जवल केआरएस कुशवाहालाई सन् २०१८ को लागि इ (लाइफ एम्बेसडर घोषणा गरिएको छ । ( लाइफ संस्थाबाट प्राणी ( जीव र वनस्पति ) विज्ञानमा काम गर्ने वैज्ञानिकलाई दिइने यो उच्चस्तरको सम्मान हो।
    नेपाली वैज्ञानिक कुशवाहा यस अघि सन् २०१६ मा कालो चामलको इतिहास र विकास क्रमको बारेमा अध्ययन गरी पुस्तक प्रकाशित गरि चर्चामा आएका थिए।
    उक्त पुस्तक विश्व प्रतिष्ठित विज्ञान जोर्नल प्रकाशक अमेरिकाको सप्रिन्गेरले प्रकाशित गरेको थियो । हाल उनि भारतस्थित गोविन्द बल्लभ पन्त कृषि तथा प्रोधोगिक विश्वविद्यालय पंतनगरमा आनुवंशिकी र बाली प्रजनन विषयमा विद्यावारिधि गर्दैछन् । कुशवाहाका हालसम्म चार दर्जनभन्दा बढी अनुसन्धानपत्रहरु विभिन्न अन्तरर्रा्ष्ट्रिय जर्नलहरुमा प्रकाशित छन । उनि करिब एक दर्जन राष्ट्रिय र अन्तरराष्ट्रिय पुरस्कार पाइसकेका छन् ।
    केहि समय पहिले नोवेम्बेर २०१७ मा भारतमा भएको वैज्ञानिक सम्मेलनमा उनलाई वेस्ट पेपर अवार्ड पनि प्रदान गरिएको थियो । इ लाइफ एक अति प्रतिष्ठित अन्तर्रा्ष्ट्रिय विज्ञान प्रकाशन समुह हो । जसलाई होवार्ड हुघेस मे्डिकल इन्स्टिट्युट, द मेक्स प्लान्क्स सोसाइटी र द वेल्कम ट्रष्टले स्थापना गरेको हो। यो संस्थाको प्रमुख कार्यालय बेलायतमा रहेको छ। इ( लाइफको प्रमुख सम्पादन नोवेल अवार्ड विजेता रन्डी स्चेक्मनले गर्छन।
    कुशवाहा सन् २०१७ को लागि संस्थापक प्लान्ट कल्टेवेटरको रुपमा मनोनयन भएका थिए । प्लान्ट अमेरिकन सोसाइटी आफ प्लान्ट बिओलोजिस्ट को डिजिटल फोरम हो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित