FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • अलपत्र भयो बुटवलमा पशु बधशाला निर्माण कार्य

    • कृषि टि.भी.
    • ४ साल अघि
    • ३३ पटक पढिएको
    अलपत्र भयो बुटवलमा पशु बधशाला निर्माण कार्य

    खस्यौली। पशु बधशाला निर्माणको काम बुटवलमा अझै पूरा भएको छैन ।

    बुटवल– १० रामनगरमा २८ कट्ठा क्षेत्रफलमा सञ्चालन गर्ने तयारी भएको सो बधशालाका लागि बुटवल उप–महानगरपालिकाले प्रदेश सरकार समक्ष प्रस्तावना पेश गरेको उप–महानगरपालिकाका पशु चिकित्सक झविन्द्र वञ्जाडेले जानकारी दिए ।

     

    बधशाला बनाउन यस आर्थिक वर्षमा उप–महानगरपालिकाले रु ८० लाख बजेट विनियोजन गरेको छ । “वधशाला निर्माण भएपछि उपभोक्ताले स्वस्थ्यकर मासु उपभोग गर्न पाउछन् र वातावरण स्वच्छ राख्न समेत मद्दत मिल्छ” पशु चिकित्सक वञ्जाडेले भने, “बधशालाको अभावमा बुटवलका मासु पसलमा खसी भनेर बाख्राको मासु बेच्ने, रोगी बाख्रा बेच्ने, झिङ्गा लागेको माछा उपभोग गर्नुपर्ने बाध्यता रहेको छ ।”

    बधशाला सञ्चालन गर्न पटक–पटक बसेको बैठकले पशु बधशालाको लगानीको स्रोतको पहिचान गर्ने र पूर्वाधारको कामलाई अघि बढाउने कुरामा जोड दिएको थियो । उत्पादक, कृषि सहकारी र कृषकको सहकार्यमा सञ्चालन हुने भनिएको बधशालाको प्राविधिक क्षेत्रमा गैर सरकारी संस्था हेफर इन्टरनेशनलले सहयोग गर्ने बताइएको छ । बधशालालाई रुपन्देही, पाल्पा र कपिलवस्तुका महिला कृषि सहकारीले खसी, बोका आपूर्ति गर्ने बताइएको छ ।

    हेफर इन्टरनेशनलका अनन्त सिलवालले उप महानगरपालिकाको अगुवाइमा प्रमुख शिव सुवेदीको संयोजकत्वमा २३ सदस्यीय पशु बधशाला निर्माण तथा व्यवस्थापन समिति गठन भएको जानकारी दिए । सो समितिमा मासु व्यवसायी सङ्घका कृष्ण पौडेल सह संयोजक हुन् ।

    उनले आफ्नो संस्थाले प्राविधिक तथा व्यावसायिक योजना बनाइरहेको जानकारी दिँदै यो वर्ष निर्माणको काम सकिए दुई वर्षभित्र बधशाला सञ्चालन हुनेछ भने । विस २०५७ मा पशु बधशाला निर्माणको विषय अघि आएको थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित