FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • १७ करोडको स्याउ निर्यात

    • कृषि टि.भी.
    • ४ साल अघि
    • ३६ पटक पढिएको
    Post Thumbnail

    यस वर्ष जुम्लाबाट १७ करोड बराबरको स्याउ निर्यात भएको छ । यहाँका व्यापारीले १७ करोड भन्दा बढीको स्याउ बाहिरी जिल्लामा निर्यात गरेका हुन् । यो वर्ष स्याउ बेचेर जिल्लाका कृषकले एक जनाले पाँच हजार देखि १० लाख सम्म आम्दानी गरेका छन् । जिल्लामा झन्डै ३४ सय टन स्याउ उत्पादन भएको थियो । अहिले सम्म २३ सय टन बढी स्याउ निर्यात भइसकेको छ । जुम्लाबाट पहिलो पटक ठूलो परिणाममा दुई टन फुजी स्याउ निर्यात भएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गतको स्याउ सुपरजोन जुम्लाले जनाएको छ । आठ वटा स्थानीय तहबाट स्याउ निर्यातका लागि करिब तीन सय जना व्यापारीले अनुमति लिएका थिए । स्थानीय तहले प्रति किलो स्याउ निर्यातको ५० पैसाका दरले अनुमति दिँदा लाखौं कर संकलन गरेका छन् । स्याउ व्यापारीले सरदरमा प्रति केजी ५० रुपैयाँका दरले कृषकबाट स्याउ खरिद गरेका थिए । अहिले जिल्लाको कुल ३ हजार ४ सय ५० हेक्टर जमिनमा स्याउ खेती भइरहेको छ । गत वर्ष ३७ सय टन स्याउ निर्यात भएको थियो । यो वर्ष झन्डै ३ तीन सय टन स्याउ उत्पादनमा कमी आएको हो । कार्यालयका अनुसार जिल्लाको स्याउ काठमाडांै, नेपालगन्ज, सुर्खेत, विराटनगर, पोखरा, महेन्द्रनगर लगायत देशका प्रमुख व्यापारिक सहरमा निर्यात भएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित