FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • परराष्ट्रमन्त्रीको भ्रमण सफल

    • कृषि टि.भी.
    • ४ साल अघि
    • २४ पटक पढिएको
    परराष्ट्रमन्त्रीको भ्रमण सफल

     

    परराष्ट्र मन्त्री प्रदीप कुमार ज्ञवालीले आफ्नो अमेरिकाको भ्रमणमा नेपालको शान्ति प्रकृया, वर्तमान सरकारका विकास प्राथमिकताहरु लगायत सम्बन्धमा नेपालको धारणा राखेको बताउनु भएको छ । अमेरिकाको भ्रमणबाट फर्किएका मन्त्री ज्ञवालीले भ्रमणका बारेमा जानकारी दिन सिंहदरबारमा पत्रकार सम्मेलनको आयोजना गर्दैे अमेरिकामा भएको भेटवार्तामा अमेरिकामा विदेश मन्त्री माइक पोम्पिओ सँगको भेटका क्रममा दुई देशको सम्बन्ध, क्षेत्रीय तथा अन्तराष्ट्रिय विषयमा छलफल भएको जानकारी दिनु भयो । नेपालमा अमेरिकी लगानीका लागि सहजीकरण गरिदिन अनुरोध गर्दै नेपालमा मार्चको अन्तिम सातामा आयोजना हुन लागेको लगानी सम्मेलनबारे पनि उहाँले जानकारी दिएको बताउनु भयो । उहाले व्यापारको क्षेत्रमा अमेरिकाले नेपाललाई प्रदान गरेको सहुलियतका लागि धन्यवाद दिँदै नेपाललाई प्रदान गरेको भन्सार रहित तथा सीमा रहित सहुलियत प्राप्त वस्तुमा नेपालको तुलनात्मक लाभ रहेका केही थप वस्तुहरु समावेश गरिदिन अनुरोध गरेको बताउनु भयो । भेटमा अमेरिकी विदेशमत्री पोम्पिओले नेपालको राजनीतिक प्रगति र स्थायित्वको प्रशंसा गर्दै नेपालको विकासमा सहयोग गर्न आफू तत्पर रहेको बताएको उहाले जानकारी दिनु भयो । त्यस्तै उहाले आफ्नो अमेरिका भ्रमण सफल भएको दाबी समेत गर्नु भयो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित