- Loading...
भण्डारण गृहप्रती आकर्षण
- कृषि टि.भी.
- ४ साल अघि
- ३५ पटक पढिएको

बागलुङका कृषकले सुन्तला बेमौसममा बिक्री गर्नका लागि भण्डारण गृह निर्माण गरेका छन् । बागलुङ नगरपालिका–८ सिगानाका कृषकले उत्पादन गरेको सुन्तला भण्डारण गृहमा राखेर चैत– वैशाखमा महङ्गोमा बिक्री गर्दै आएको बताएका छन् । तत्कालीन कृषि विकास मन्त्रालयको व्यावसायिक कृषि तथा व्यापार आयोजना अन्र्तगतको व्यावसायिक सुन्तला उत्पादन, सङ्कलन तथा भण्डारण उपआयोजना कार्यक्रमले प्रदान गरेको १० लाख अनुदानमा भण्डारण गृह निर्माण गरिएको कृषक भनाई छ । अहिले सुन्तालाको बजार मूल्य प्रति किलो ६० रहेको छ । दुई महीना पछि प्रति किलो १ सय ५० को दरले बिक्री गर्ने किसानको योजना रहेको छ । भण्डारण गृहमा १० टन सम्म सुन्तला भण्डारण गर्न सकिने छ । बेमौसममा सुन्तलाको माग अत्यधिक हुन्ने भएकोले भण्डारण गृह निर्माण गरिएको हो । माटो, बालुवा र गिटीबाट निर्माण गरिएको भण्डारण गृहमा चार महीना सम्म सुन्तला भण्डारण गर्न सकिने छ । अहिले जिल्लाका अधिकाशं कृषकहरु सुन्तला भण्डारणका लागि भण्डारण गृह निर्माणमा लागेका छन् ।


