- Loading...
धान उत्पादनमा बृद्धि
- कृषि टि.भी.
- ४ साल अघि
- १५ पटक पढिएको

यस वर्ष सप्तरी जिल्लामा धान उत्पादनमा बृद्धि भएको छ । विगत चार वर्षको तुलनामा यस वर्ष धान उत्पादनमा वृद्धि भएको हो । यस वर्ष करीब १९ हजार ६ सय ७५ मेट्रिकटन धान उत्पादन भएको कृषि ज्ञान केन्द्रले जानकारी दिएको छ । जिल्लामा रहेको कूल ७० हजार हेक्टर खेती योग्य जमीन मध्ये यस वर्ष ६३ हजार हेक्टरमा धान बाली लगाइएको थियो । प्रतिहेक्टर २ दशमलव ८५ मेट्रिकटनका दरले कूल एक लाख ६९ हजार ५ सय ५० मेट्रिकटन धान उत्पादन भएको केन्द्रले जानकारी दिएको छ । गत वर्ष प्रतिहेक्टर सरदर दुई दशमलव ७५ मेट्रिकटन धान उत्पादन भएको थियो । गत वर्षको तुलनामा यस वर्ष सात प्रतिशत बढि धान उत्पादन भएको कार्यालयले जनाएको छ । रोपाइको समयमा तुलनात्मक रुपमा वर्षाले साथ दिएको तथा गत वर्ष भन्दा आठ हजार ५ सय हेक्टर बढी जमीनमा धान रोपाइँ भएकाले पनि धान उत्पादन वृद्धि भएको कार्यलयको भनाई छ । गत वर्ष रोपाइँको समयमा पर्याप्त सिँचाइ नहुँदा जिल्लाको सात हजार हेक्टर जमिन बाँझै रहेको थियो । सिँचाइ अभावमा हरेक वर्ष १० देखि ४० हजार हेक्टर खेतीयोग्य जमीन सप्तरी जिल्लामा बाँझो रहने गरेको पाइएको छ ।


