FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • बीउ बैँक

    • कृषि टि.भी.
    • ४ साल अघि
    • १९ पटक पढिएको
    बीउ बैँक

    रैथाने जातको बाली संरक्षणका लागि लमजुङ्कको मस्र्याङ्दी गाउँपालिका २ घनपोखराको रोप्लेफाँटमा सामुदायिक बीउ बैङ्क स्थापना गरिएको छ । बीउ बैङ्कमा १५ वटा जातको ७४ प्रजातिका बीउ राखिएको कृषकले बताएका छन् । धानका २३, कोदोको १०, कागुनोको ४, मकैको २, उवा १, सिमी ६, बोडी ४, गहत १, फर्सी ३, भटमास ४, घिरौँला २, पिँडालु ३, खुर्सानी ४, काँक्रो ३ र जौको १ प्रजातिका रैथाने बीउ जम्मा गरी राखिएको छ । उक्त बीउ बैङ्कमा लोप हुँदै गएका बालीको बीउ राखिएको छ । हराउँदै गएको बीउको संरक्षण गर्नुका साथै किसानले चाहे अनुसारको बीउ किसानलाई दिइने उदेश्यले बिउ बैकको स्थापना गरिएको हो । बीउ बैङ्कका लागि आवश्यक फर्निचर, बीउ राख्ने भाँडा लगायत सहयोग जैविक विविधता, अनुसन्धान तथा विकासका लागि स्थानीय पहल ली–बर्ड पोखराले गरेको छ । आर्थिक वर्ष २०७१÷७२ बाट रैथाने जातका बाली संरक्षण गर्न अनुसन्धानको काम शुरु गरिएको ली–बर्डले जानकारी दिएको छ । अनुसन्धान तथा सचेतनाका कार्यक्रम सञ्चालन पछि अहिले लमजुङ्कका कृषकहरु सामुदायिक बीउ बैङ्क स्थापना गर्न सक्रिय हुन थालेका छन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित