- Loading...
पोल्ट्री दिवस
- कृषि टि.भी.
- ४ साल अघि
- १६ पटक पढिएको

मंगलबार छैटौँ पोल्ट्री दिवस चितनवमा विभिन्न कार्यक्रम गरी मनाइएको छ । । नेपालमा आधुनिक पोल्ट्रीको शुरुआत भएको दिन २०१७ पुस १७ गतेलाई स्मरण गर्दै २०७० सालबाट यो दिवस मनाउन थालिएको हो । दिवसको अवसरमा चितवनको भरतपुर अस्पताल र बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा उपचाररत बिरामी र आफन्तलाई अण्डा वितरण गरिएको छ । नेपाल कुखुरा व्यवसायी मञ्चका अनुसार दुई अस्पतालका गरि दुई हजार जनालाई अण्डा वितरण गरिएको हो । नेपालमा दैनिक ३५ लाख गोटा कुखुराको अण्डा उत्पादन हुने गर्दछ । यस्तै लेयर्स चल्ला प्रति हप्ता दुई लाख ५० हजार, ब्रोइलर चल्ला प्रति हप्ता २७ लाख गोटा उत्पादन हुँदै आएको छ । कुखुरालाई आवश्यक दाना प्रतिदिन तीन हजार मेट्रिक टन उत्पादन हुने गरेको छ । त्यस्तै कुखुराको मासु प्रतिदिन नौ लाख किलो उत्पादन हुँदै आएको छ । नेपाल कुखुरा व्यवसायी मञ्चका अनुसार पोल्ट्री व्यवसायले राष्ट्रिय आयमा चार प्रतिशत योगदान पुर्याएको छ ।


