FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • नेपालका उच्च पहाडी भेगमा हिमपात, जुम्लाको न्यूनतम तापक्रम माइनस २ डिग्री

    • कृषि टि.भी.
    • ४ साल अघि
    • १८ पटक पढिएको
    नेपालका उच्च पहाडी भेगमा हिमपात, जुम्लाको न्यूनतम तापक्रम माइनस २ डिग्री

    काठमाडाैँ। जल तथा मौसम विज्ञान विभागका अनुसार नेपालका खासगरी उच्च पहाडी भेगहरूमा आइतवारदेखि सामान्य वर्षा र हिमपात हुने क्रम सुरु भएको छ । मौसमविद्हरूका अनुसार पश्चिमी वायुको प्रभावका कारण नेपालको पश्चिमदेखि पूर्वसम्मकै आकास यतिबेला बादलले ढाकेको छ र त्यो क्रम मंगलवारसम्म नै जारी रहने विभागले जनाएको छ ।

    विभागकी वरिष्ठ मौसमविद् शान्ति कँडेलले भन्नुभयो ,सोमवार दिउँसोदेखि पश्चिमबाट खुल्न सक्छ । पश्चिमी वायुको प्रभाव विस्तारै पूर्वतिर सर्ने क्रम अहिले जारी रहेको छ । उहाँका अनुसार पश्चिम वायुको प्रभाव नेपाली आकासबाट सम्भवत मंगलवार साँझपछि हट्न सक्छ र त्यसपछि आकास फेरि खुल्न सक्छ । मौसम विज्ञान विभागका अनुसार काठमाण्डूको न्यूनतम तापक्रम आइतवार एक डिग्री सेल्सियसमा झरेको थियो भने त्यो सोमवार ६ डिग्रीमा रहेको छ र त्यो अझै घट्न सक्ने सम्भावना रहेको छ ।

    हिमाली जिल्लाहरूमा तापक्रम निकै घटेको छ । जुम्लाको न्यूनतम तापक्रम आइतवार माइनस २ डिग्रीमा झरेकाे थियो भने अधिकतम ८ डिग्री मात्र थियो । जोमसोममा न्यूनतम माइनस १ डिग्री थियो भने अधिकतम ८ डिग्री रहेको थियो । जुम्लामा आइतवारदेखि हिमपात भएपछि मानिसहरू घरभित्रै बसिरहेका छन्। । त्यहाँका किसानहरू भने हिउँ परेपछि जौ, गहुँ, उवा जस्ता बालीनाली सप्रिने भन्दै खुसी भएका छन्।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित