FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • कृषि मेला सकियो

    • कृषि टि.भी.
    • ४ साल अघि
    • १६ पटक पढिएको
    कृषि मेला सकियो

    प्रदेश पाँचको भूमि व्यबस्था कृषि तथा सहकारी मन्त्रालय र बुटवल उद्योग बाणिज्य संघको आयोजनामा बुटवलमा सञ्चालन भएको कृषि मेला सम्पन्न भएको छ । मेलाको समापन गर्दै बुटवल नगरपालिकाका प्रमुख शिवराज सुवेदीले कृषिको व्यबसायिक बिकास बिना मुलुकको समृद्धि सम्भव नभएको बताउनु भयो । उहाँले कृषिको व्यबसायिक बिकासका लागि नगरपालिका लागि परेको भन्दै बुटवलमा बृहत स्तरको थोक मन्डि निर्माण गरिने र आन्तरिक तथा बाह्य मुलुकबाट समेत आयात भएको तरकारी तथा फलफूल ग्रेडिङ् गरेर देशभर बिक्रि तिवरणको प्रवन्ध मिलाईने बताउनु भयो । कार्यक्रममा भूमि व्यबस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव यामनारायण देवकोटाले कृषि तथा पशुपालन व्यबसाय गर्न चाहने किसानकालागि प्रदेश सरकारले किसानलाई बिशेष व्यबस्था गरेकोले त्यसबाट लाभ लिन किसानलाई आग्रह गर्नु भयो । मुख्यमन्त्रि शंकर पोखरेलले माघ २१ गते उदघाटन गर्नु भएको मेला ६ दिन सम्म सञ्चालन भएको थियो । मेलामा सहभागि स्टल मध्ये उत्कृष्टलाई सम्मान सहित पुरस्कार प्रदान गरिएको थियो । मेलामा करिब ५० हजार जनाले अवलोकन गरेको र ४० लाखको कारोवार भएको मेला आयोजक मूल समितिका संयोजक खिमबहादुर हमालले जानकारी दिनु भयो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित