FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • पर्वत र बागलुङमा पकेट तथा ब्लक क्षेत्र थपियो

    • कृषि टि.भी.
    • ४ साल अघि
    • ३२ पटक पढिएको
    पर्वत र बागलुङमा पकेट तथा ब्लक क्षेत्र थपियो

    पर्वत । पर्वत र बागलुङमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गतका पकेट तथा ब्लक क्षेत्र थपिएको छ ।

    चालू आर्थिक वर्षमा २८ पकेट क्षेत्र र ६ ओटा ब्लक क्षेत्र थपिएका हुन् । यीमध्ये पर्वतमा १९ र बागलुङमा ९ ओटा पकेट क्षेत्र रहेका छन् । यस्तै ब्लक अन्तर्गत पर्वतमा ५ र बागलुङ १ क्षेत्र थपिएका छन् । कृषि ज्ञानकेन्द्रका अनुसार सुन्तला, धान, मकै, अलैंची, मौरी र तरकारीका पकेट क्षेत्र थप गरिएको हो । कृषिको आधुनिकीकरण र यन्त्रीकरणमार्फत कृषिउपजमा आत्मनिर्भर बनाउने लक्ष्यअनुसार पकेट र ब्लक क्षेत्र थपिएको ज्ञान केन्द्रले जनाएको छ । यी क्षेत्रमा तरकारी, फलफूल र नगदे बालीको उत्पादन बढाइने भएको छ ।

    पकेट र ब्लक क्षेत्रका कृषकलाई मल, बीउ, प्रविधि, नर्सरी, उपकरण र ढुवानीमा अनुदान दिंदै आएको ज्ञान केन्द्रले जनाएको छ । कृषि ज्ञानकेन्द्रका अनुसार प्रतिपकेट क्षेत्र ५ लाख र प्रतिब्लक २५ लाख छुट्ट्याइएको छ । पकेट कार्यक्रमअन्तर्गत पर्वतमा सुन्तला, आलु, अलैंची, च्याउका पकेट क्षेत्र बनेका छन् भने बागलुङमा पनि सुन्तला, मौरी, अलैंची, आलु, सिमीका पकेट क्षेत्र बनाईएको छ । पर्वतका ७ ओटै स्थानीय तह र बागलुङका १० ओटै स्थानीय तह समेट्नेगरी पकेट तथा ब्लक क्षेत्र बनाइएको ज्ञान केन्द्रले जनाएको छ ।

    पर्वत र बागलुङमा गत वर्षदेखि सञ्चालित ब्लक तथा पकेट क्षेत्रका लागि १०÷१० लाख अनुदान सहयोग गरिने भएको छ । प्रांगारिक खेती प्रवद्र्धनका लागि १ करोड ५० लाख, प्रदेश सरकारले अनुदान दिने साना मोडल फार्ममा ३ करोड ५० लाख र वर्ष मल, बीउ, नर्सरी स्थापना, उपकरण सहयोग, तालीम लगायतको शीर्षकमा १२ करोड खर्च गरिने भएको हो ।

    पर्वत, बागलुङ र म्याग्दीका ५२ वडा समेटेर सुन्तला जोन बनाउने कार्ययोजना समेत अघि बढेको ज्ञान केन्द्रले जनाएको छ । ज्ञान केन्द्रका अनुसार पर्वतको जलजला गाउँपालिका, म्याग्दीका बेनी नगरपालिका, अन्नपूर्ण, रघुगंगा, मालिका गाउँपालिका, बागलुङका बागलुङ नगरपालिका र काठेखोला गाउँपालिका समेटेर सुन्तला जोन बनाउन लागिएको हो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित