FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • प्रभावकारी कार्यक्रम

    • कृषि टि.भी.
    • ४ साल अघि
    • १२ पटक पढिएको
    प्रभावकारी कार्यक्रम

    बाँके जिल्लामा सञ्चालित प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत मकै जोन कार्यक्रम प्रभावकारी बन्दै गएको छ । जिल्लामा तीन वर्षदेखि सञ्चालन हुँदै आएको परियोजनाको शुरुआती चरणमा जिल्लाका १० समूह र सहकारीमा आबद्ध कृषकले ३ सय ५० हेक्टर जमीनमा मकै खेती गर्दै आएकामा अहिले ३५ कृषक समूहद्धारा ६ सय २१ हेक्टर जमीनमा मकै खेती हुँदै आएको छ । जिल्ला परियोजना प्रमुख देवेश कुमार मिश्रका अनुसार दुई वर्षको अवधिमा कृषक सहकारी, कृषक उद्यमी, जल उपभोक्ता र कृषक समूहका एक हजार ३ सय ४३ कृषक कार्यक्रममा आबद्ध भइसकेका छन् । परियोजना अन्तर्गत कृषकहरूलाई आधुनिक उपकरण लगायत प्राविधिक सहयोग हुँदै आएको छ । परियोजना कार्यक्रम अन्तर्गत कृषकहरूले हिउँदे र वसन्ते मकै खेती गर्दै आएका छन् । आगामी आर्थिक वर्ष देखि बर्खे खेतीका लागि पनि ४० कृषक समूह छनोट गरिएको छ । जिल्लामा सञ्चालित उक्त कार्यक्रम अन्तर्गत कृषकहरूलाई किटनाशक औषधि, बीउबिजन र विभिन्न कृषि उपकरणमा ५० देखि ८५ प्रतिशत सम्म अनुदान उपलव्ध गराउनुका साथै मकै खेती सम्बन्धी तालीम पनि दिँदै आइएको छ । परियोजना मुलुकका सबै जिल्लामा सञ्चालित छ । जिल्लाको भूगोल, जलवायु, माटोको अवस्था, कृषकका माग लगायत प्राविधिक पक्षको आकलन गरी कुन जिल्लामा कुन बाली परियोजना अन्तर्गत सिफारिस गर्ने भनेर तय हुने गरेको जिल्ला परियोजना प्रमुख मिश्रले जानकार िदिनु भएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित