- Loading...
धनुषामा धान महँगियो
- कृषि टि.भी.
- ४ साल अघि
- ३१ पटक पढिएको

धनुसामा किसानबाट सस्तोमा खरिद गरिएको धानको मूल्य व्यापारीहरुले वृद्धि गरेका छन । किसानबाट व्यापारीमा पुगेको धानको मूल्यमा उल्लेख्य वृद्धि भएको हो । एक महिना अघि धान खरिद गर्ने थोक पसलमा कतरनी धान २ हजार २ सय, बासमती ४ हजार ७ सय, सोना मन्सुली १ हजार ९ सय ५० र रामविलास २ हजार ५ सय प्रति क्विन्टलमा बिक्री भएको थियो । तर अहिले सोना मन्सुली चामल ३ हजार ५ सय, रामविलास ४ हजार, कतरनी ५ हजार र बासमती १० हजार ५ सय प्रति क्विन्टलमा बिक्री भईरहेको छ । यो थोक बाजारको मूल्य हो । खुद्रा बाजारमा भने चामलको मूल्य प्रतिकिलो ५ देखि १० रुपैयाँ बढिमा विक्रि भईरहेको छ । केही वर्षयता धनुषा, महोत्तरी, सिरहा, सप्तरी लगायतका तराईका जिल्लामा आधा उसिनेको चामल खाने प्रचलन बढेको छ । यी जिल्लाहरूमा यस्ता मिलको आभाव भएकाले भारतीय चामल प्रतिको आकर्षण बढेको हो । मिल सञ्चाकहरुका अनुसार किसानहरू आफैंले उत्पादन गरेको चामलको सट्टा भारतबाट आयातित आधा उसिनेको चामल प्रति आकर्षण बढ्दै गएको छ ।


