- Loading...
भण्डारण गृह स्थापना हुने
- कृषि टि.भी.
- ४ साल अघि
- १५ पटक पढिएको

देशभर दूध र तरकारीको बजार व्यस्थापन गर्नका लागि भण्डारण गृह र संकलन केन्द्र स्थापना हुने भएको छ । कृषकहरुले दुध र तरकारी उत्पादन गरे पनि बजार व्यवस्थापन नभए पछि उनीहरु मारमा परेका छन् । दुध सडकमा पोख्न र तरकारीमा डोजर लगाउन किसानहरु बाध्य भएका छन् । दूध र तरकारीको बजार व्यवस्थापनका लागि देशको सबै ठाउँमा भण्डारण गृह र सङ्कलन केन्द्र स्थापना गर्ने योजनाको प्रयास भएको कृषि तथा पशुपक्षी विकासमन्त्री चक्रपाणि खनालले राष्ट्रियसभाको बैठकमा बताउनु भएको हो । झापामा केही समय अगाडि दूध सडकमा पोखाइएको थियो । दुध बिक्री नभए पछि सडकमा पोख्न किसान बाध्य भएका हुन् । त्यस्तै चितवनमा तरकारी फलाएर बिक्री नभए पछि डोजर लगाउनु परेको थियो । यस्तो अवस्थाको सिर्जना भए पछि किसानको उत्पादन खेर जान नदिने मन्त्री खनालले बताउनु भएको छ । उहाँले कृषि उत्पादन दोब्बर बनाउने उदेश्यको साथ कार्ययोजना भइरहेको समेत जानकारी दिनु भयो ।


