- Loading...
मौसम पुनः बदली
- कृषि टि.भी.
- ४ साल अघि
- २२ पटक पढिएको

ललितपुर। शुक्रबार सफा देखिएको मौसम शनिबारबाट पुनः प्रभावित हुने भएको छ । भारतको जम्मु (कास्मिर लगायत क्षेत्रमा नयाँ जलवाष्प प्रवेश गरेकाले त्यसको प्रभाव नेपालमा समेत देखिने मौसमविदहरुले जनाएका छन् ।

शनिबार सम्म नेपालको पश्चिमी क्षेत्रमा उक्त जलवाष्प भित्रिने र शनिबार नै पश्चिमी क्षेत्रमा हल्का वर्षा सँगै उच्च हिमाली क्षेत्रमा हिमपात हुने मौसमविदहरुले बताएका छन् । त्यस्तै आइतबार देखि उपत्यका सहित मध्य क्षेत्रमा हलुका वर्षा सँगै उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात हुने मौसमविदहरुले प्रक्षेपण गरेका छन् ।
शुक्रबार भने केही पहाडी क्षेत्रमा हलुका वर्षा हुन सक्ने भए पनि अधिकांश भागमा घाम लाग्ने मौसम पूर्वानुमान महाशाखाको भनाई छ । बिहीबार काठमाडौं उपत्यका सहित अधिकांश क्षेत्रमा पानी परेको थियो । पहाडी र उच्च हिमाली क्षेत्रमा मात्रै होइन काडमाडौं आसपासका डाँडाकाँडामा समेत हिउँ परेको थिया

