
- Loading...
कफी खेती
- कृषि टि.भी.
- ४ साल अघि
- १५ पटक पढिएको

सुदुरपश्चिमका ६ जिल्लामा कफी खेती सुरु गरिने भएको छ कफी तथा चिया विकास केन्द्रले सन् २०१८ को मे महिनामा गरेको अध्ययनलाई आधार मानेर सुदूरपश्चिम प्रदेशमा पहिलो पटक कफी खेती विस्तार गर्न लागिएको सुदूरपश्चिम प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले जनाएको छ । प्रदेशका ६ वटा जिल्लाको करिब ३५ हेक्टरमा कफी खेती विस्तार गर्ने तयारी भएको हो ।

डोटी, अछाम, डडेल्धुरा, बाजुरा, बैतडी र दार्चुलाका २० वटा स्थानीय तहमा चालू आर्थिक वर्ष २०७५÷ ७६ मा कफी खेती विस्तारका लागि तयारी भइरहेको मन्त्रालयले जानकारी दिएको छ । अहिले व्यवसायिक कफी उत्पादनको प्रयास सुरू गरिएको र सफल भएमा थप विकास गरिने मन्त्रालयले बताएको छ । योजना विस्तारका एवं बिरुवा ढुवानी तथा खरिदमा शत प्रतिशत अनुदान, आकस्मिक बाली संरक्षण सम्बन्धी अनुदान तथा कार्यक्रम सञ्चालन गर्नका लागि २६ लाख ९५ हजार रुपैयाँ विनियोजन गरिएको छ । मन्त्रालयले फागुन देखि चैत महिना सम्म यसका लागि आवेदन संकलन गर्ने जनाएको छ ।

