FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • बर्डफ्लु भित्रिन नदिन सतर्कता बढाइयो, बर्डफ्लु रोग निगरानी टोली गठन

    • कृषि टि.भी.
    • ४ साल अघि
    • २४ पटक पढिएको
    बर्डफ्लु भित्रिन नदिन सतर्कता बढाइयो, बर्डफ्लु रोग निगरानी टोली गठन

    दमौली। छिमेकी जिल्लामा बर्डफ्लुको सङ्क्रमणले कुखुरा मर्न थालेपछि तनहुँ जिल्लामा सतर्कता बढाइएको छ।

    कास्की, चितवनलगायत जिल्लामा कुखुरामा एचफाइभ एचनाइन नामक फ्लुको सङ्क्रमणबाट कुखुरा मर्न थालेपछि भेटेरिनरी अस्पताल एवं पशुसेवा विज्ञ केन्द्र तनहुँले जिल्लामा सुरक्षा सतर्कता बढाएको हो ।

    केन्द्रका प्रमुख डा। बालकुमार श्रेष्ठका अनुसार पक्षी तथा पक्षीजन्य सामग्री बाह्य जिल्लाबाट तनहुँ भित्रिँदा पूर्वमा आँबुखैरेनी र पश्चिममा कोत्रेमा सुरक्षा निकायद्वारा आवश्यक कागजातहरु जाँच गरी स्वास्थ्य प्रमाणपत्रविना ओसारपसार र बिक्रीवितरण कार्यमा पूर्ण रोक लगाइएको छ । Image result for bird flu

    उनका अनुसार भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रमा बर्डफ्लु रोग निगरानी टोली गठन गरिएको, पक्षी फार्म र बजार निगरानी गरी नमूना सङ्कलन गर्ने व्यवस्था मिलाइएको छ । उनले भने, “फार्मको निरीक्षण र अनुगमनपश्चात शङ्का लागेका पक्षीको नमूना सङ्कलन गरी परीक्षणका लागि प्रयोगशालामा पठाउने व्यवस्था मिलाइएको छ ।”

    उनले पक्षीपालक कृषकलाई आफ्नो फार्ममा जैविक सुरक्षाका सम्पूर्ण उपाय अवलम्बन गर्न आग्रहसमेत गरिएको जानकारी दिए। उनले भने, “बर्डफ्लु रोगबारे सर्वसाधारणलाई जानकारी हुने गरी जनचेतनाका लागि सञ्चारमाध्यमलाई सन्देश प्रवाहका लागि अनुरोध गरेका छौँ ।”

    डा श्रेष्ठका अनुसार बर्डफ्लु रोगको रोकथाम तथा न्यूनीकरणका लागि निरन्तर अनुगमन गरिने र पक्षी मरेमा स्थानीय तह पशुसेवा शाखा तथा केन्द्रमा जानकारी गराउन कृषकलाई अनुरोध गरिएको छ ।

    तनहुँका प्रजिअ एवं बर्डफ्लु रोग नियन्त्रण प्राविधिक समितिका अध्यक्ष भरतकुमार शर्माले बर्डफ्लु नियन्त्रणका लागि प्रशासनका तर्फबाट सहयोग रहने बताए। उनका अनुसार जिल्लाका नाकाबाट पक्षी आयातमा निगरानी थालिएको छ ।

    जिल्लाका कुखुरा फार्म तथा जिउँदो पक्षी बिक्रीवितरण हुने बजार क्षेत्रमा प्राविधिक परिचालन गरी सक्रियरूपमा सर्भेक्षण गर्न र जिल्ला प्रहरी कार्यालयबाट सक्रियरूपमा जनशक्ति परिचालन गर्न निर्देशन दिइएको उनले बताए।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित