FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • अदुवाबाट राम्रो आम्दानी

    • कृषि टि.भी.
    • ४ साल अघि
    • १५ पटक पढिएको
    अदुवाबाट राम्रो आम्दानी

    उदयपुरको गाईघाट स्थित कटारी नगरपालिकाका किसानले यस वर्ष अदुवा बिक्री गरेर राम्रो आम्दानी गरेका छन्
    गत वर्षको तुलनामा यस वर्ष बढी अदुवा बिक्री भएकाले किसानले एक करोड रुपैयाँ भन्दा बढी आम्दानी गर्न सफल भएका हुन् । स्थानीय किसानहरुका अनुसार वडा नम्बर ११ बाट मात्र असोज देखि अहिले सम्म करिब ११ हजार टन अदुवा बिक्री गरिएको छ । अहिले किसानको बारीबाटै प्रतिकिलो ८० रुपैयाँँमा बिक्री भईरहेको छ । अदुवा खेतीलाई व्यावसायिक बनाउँदै लैजाने किसानको योजना रहेको छ । अदुवा बिक्री गरेर यस क्षेत्रका एउटा किसानले न्यूनतम दुई लाख रुपैयाँँ आम्दानी गर्दै आएका छन् । यस क्षेत्रका अदुवा किसानका लागि पकेट क्षेत्र निर्माण गरी उत्पादन, बिक्री वितरण र प्रशोधनका कार्यक्रम सञ्चालन गरिने प्रधानमन्त्री कृषि आधुनीकिकरण परियाजनाको लक्ष्य रहेको छ । तर पर्याप्त अदुवा उत्पादन भए पनि गुणस्तरीय नहुँदा निर्यातमा समस्या रहेको व्यवसायीको भनाई छ । किसानले राम्रो मूल्य लिए पनि गुणस्तरीय अदुवा दिन नसक्दा भन्सारमा रोकिने गरेको उनिहरुको गुनासो छ

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित