FLASH NEWS
- Loading...
चिनीया गाईको विरोध
- कृषि टि.भी.
- ४ साल अघि
- १२ पटक पढिएको

प्रदेश सरकारले चीनबाट गाई ल्याउने तयारी अगाडि बढाए पछि चितवनको दुग्ध उत्पादक सहकारी संस्थाले विरोध गरेको छ । चीनबाट गाई ल्याउन प्रदेश ३ तथा प्रदेश २ सरकारले चिनियाँ पक्षसँग सहमति गरेको छ ।

यो सहमतिको विरोध गर्दै सहकारी संस्थाले सम्झौता खारेज गर्न प्रदेश सरकारसँग माग गरेको हो । सम्झौता खारेज नभए जस्तोसुकै विरोध गर्न पनि तयार रहेको संस्थाद्धारा जारी विज्ञप्तिमा उल्लेख छ । विदेशबाट गाई हैन, प्रविधि ल्याउन किसानहरूले माग गरेका छन् । अमेरिकी र न्युजील्यान्डबाट उन्नत नश्लका होलिस्टेन र जर्सी गाइको वीर्य ल्याएर कृत्रिम गर्भधानबाट यही नश्ल सुधार गर्न सकिने स्थानीय कृषि विज्ञहरुको तर्क छ । सरकारले ३५ लिटर दूध दिने उन्नत नश्लका गाईहरू ल्याउने तयारी गरिरहेको छ । अनुदान र ऋण समेत गरेर ३२ अर्ब रुपैयाँ बराबरको गाई ल्याउने तयारी गरिएको हो ।

प्रतिक्रिया दिनुहोस
