FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • दुधमा अनुदान

    • कृषि टि.भी.
    • ४ साल अघि
    • २१ पटक पढिएको
    दुधमा अनुदान

    पाल्पाको रिब्दीकोट गाउँपालिकाले आफ्नो क्षेत्रभित्र उत्पादन हुने दूधमा प्रतिलिटर एक रुपैयाँ अनुदान दिन थालेको छ ।दूध उत्पादनलाई उत्प्रेरित गर्न गाउँपालिकाले कार्र्य्विधि बनाएर अनुदान दिन सुरु गरेको हो । गाउँघरमा स्वरोजगार बढाउन प्रतिलिटर एक रुपैयाँ अनुदानको व्यवस्था गरेको गाउँपालिकाले जानकारी दिएको छ । त्यसका लागि दूधको उत्पादन दैनिक कम्तीमा ५० लिटर हुनु पर्ने कार्य्विधिमा उल्लेख छ । वार्षिक कम्तीमा २ सय ५० दिन सम्म दूधको कारोबार गर्ने गरेको हुनु पर्ने छ ।

    उक्त दुध सहकारी र समूहमा बिक्री गरेको हुनु पर्ने छ र त्यस्ता किसानले अनुदान पाउने व्यवस्था गरिएको छ । त्यस्तै दैनिक संकलित दूध दुग्ध उत्पादक सहकारी संस्थाले प्रशोधन वा उद्योगलाई बिक्री वितरण गरी दूध र दूधजन्य पदार्थको खरिद विक्रिको प्रबन्ध गरेको हुनु पर्ने उल्लेख छ । अहिले गाउँपालिका क्षेत्र भित्रका २ सय १८ किसान दुग्ध उत्पादक सहकारी संस्थामा आबद्ध भएका छन् । संगठित किसानले मात्रै अनुदान पाउने छन् । गाउँपालिकाको प्रतिबद्धता अनुरूप दूध उत्पादनमा आत्मनिर्भरको लक्ष्य पूरा गर्न सहयोग गर्ने गरी अनुदानको व्यवस्था ल्याईएको हो । दुग्ध उत्पादन गर्ने किसानको दूधको बजारीकरणका आधारमा अनुदान वितरण गरिने छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित