
- Loading...
फर्निचर उद्योगमा आगलागी
- कृषि टि.भी.
- ४ साल अघि
- १४ पटक पढिएको

भक्तपुरको कौशलटारमा संचालित एक फर्निचर उद्योगमा आगलागी हुदा करोडौको क्षति भएको छ । राजु श्रेष्ठले संचालन गरेको श्री श्रेष्ठ फर्निचर उद्योगमा राति आगलागी हुँदा उद्योग पूर्ण रुपमा क्षति भएको हो । आगलागीका कारण उद्योगमा रहेको काठ, मेसिन, र सोफा बनाउन प्रयोग हुने कपडा र फम लगाएतका कच्चा प्रदार्थ जलेर नष्ट भएको छ ।

आगलागीको सुचना पाएलगत्तै नेपाली सेना, प्रहरी, भक्तपुर जुद्ध बारुण यन्त्र र स्थानीयको सहयोगमा ४ वजे आगो नियन्त्रणमा लिएको महानगरीय प्रहरी परिषर भक्तपुरका प्रमुख हिमालय कुमार श्रेष्ठले जनाकारी दिनु भयो । आगलागीका कारण उद्योगसँगै रहेको राजु श्रेष्ठको चार तले पक्की घरको पछाडीको भागमा आंशिक क्षति हुनुका साथै प्रदिप सिलवालको चार तले पक्की घरको पछाडीको भागमा आंशिक क्षति भएको प्रहरीले जनाएको छ । साथै उक्त स्थानकै दुर्गा श्रेष्ठको घर कम्पाउण्डमा रहेको टहरामा मंगल श्रेष्ठले संचालन गरेको कुल्फी उद्योगमा समेत क्षति भएको छ । आगलागीबाट मानवीय क्षति भने भएको छैन । आगलागीबाट अन्दाजी ५ करोड मूल्य बराबरको क्षति भएको फर्निचर संचालक राम श्रेष्ठले बताए पनि क्षतिको पुर्ण विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

