
- Loading...
प्रभावकारी बन्दै ‘तोरी जोन’ कार्यक्रम
- कृषि टि.भी.
- ४ साल अघि
- १६ पटक पढिएको

लमही। दाङको ‘तोरी जोन’ मा ८२५ किसान आबद्ध भएका छन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ ९तोरी जोन०का प्रमुख इन्द्र वलीका अनुसार पश्चिम दाङको बबई, शान्तिनगर, दङ्गीशरण गाउँपालिका र तुलसीपुर उपमहानगरपालिकाका वडा नं १ र २ का ८२५ किसान आबद्ध भएका हुन् ।पश्चिम दाङको पाँच हजार क्षेत्रफललाई चालू आर्थिक वर्षदेखि तोरी जोन बनाइएकाले उक्त क्षेत्रमा १८ सहकारीका किसान आबद्ध रहेको जानकारी दिए । पश्चिम दाङ तोरी उत्पादनका लागि हावापानी तथा माटो राम्रो भएकाले तोरी जोन बनाइएको उक्त क्षेत्रमा हाल ५० भकारो निर्माण प्रक्रिया अगाडि बढिरहेको उनले जानकारी दिए ।तोरी जोन क्षेत्रमा सिँचाइका लागि अहिले १५ साना सिँचाइका आयोजना निर्माणकार्य जारी रहेको समेत उनले बताए । करीब रु २२ लाख ५० हजार लगानीमा निर्माण हुनलागेका सिँचाइ आयोजनाले करीब ३०० हेक्टर क्षेत्रफलमा सिँचित गर्ने उनको भनाइ छ । उनका अनुसार तोरी जोन क्षेत्रमा अहिले करीब ५० प्रतिशत मात्रै सिँचाइ सुविधा रहेको समेत बताए ।

अहिले त्यस क्षेत्रमा प्रतिहेक्टर ०।१ मेट्रिकटन मात्रै तोरी उत्पादन भइरहेकाले त्यसलाई बढाएर प्रतिहेक्टर १ मेट्रिकटन पु¥याउने लक्ष्य रहेको वलीले बताए । साथै त्यस क्षेत्रका १८ सहकारीका २८१ किसानलाई तोरी उत्पादन वृद्धिका लागि तालीम पनि दिइएको प्रमुख वलीको भनाइ छ । तोरी जोन क्षेत्रका किसानलाई अनुदानका लागि परियोजनाले रु ५३ लाख बजेट छुट्याएको थियो ।
तोरी जोनका लागि ११ कर्मचारीसमेत खटाइएको छ । जसमा उपसचिव, अधिकृत, प्राविधिक, लेखा, प्रशासन, कार्यालय सहयोगी खटाएको उनले बतए ।

