FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • अन्यौलमा मल खरिद

    • कृषि टि.भी.
    • ४ साल अघि
    • २५ पटक पढिएको
    अन्यौलमा मल खरिद

    यस वर्ष बर्षे बालीका लागि आवश्यक रासायनिक मल अभाव हुने भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले अहिलेसम्म मल खरिद गर्न नसक्दा मल अभाव हुने देखिएको हो ।कृषि तथा पशुपन्छी विकास मन्त्रालयले बजेट नभएको र त्यस्का लागि अर्थमन्त्रालयमा बजेट माग गरे पनि अर्थले अहिलेसम्म रकम उपलव्ध नगराउँदा रासायनिक मल खरिद गर्न समस्या भएको जनाएको छ । कृषि मन्त्रालयले मल खरिदका लागि ४ अर्ब अर्थ मन्त्रालयसँग माग गरे पनि अर्थले बजेट उपलब्ध नगराएको कारण देखाउँदैं पन्छिएपछि किसानले समयमै मल नपाउने भएका हुन् । बजेट माग गरेको लामो समय भए पनि अर्थले रकम निकासा नगरेको कृषि मन्त्रालयले जनाएको छ । अर्थले बजेट नदिँदा नेपाल सरकारले भारत सरकार समक्ष जीटुजीमार्फत ल्याउने भनिएको ५० हजार मेट्रिक टन मल खरिदसमेत अन्योलमा देखिएको छ । बजेट अभावकै कारण मल खरिदमा ढिलाई हुँदा यस वर्षको जेठ र असारका लागि मलको अभाव हुने भएको हो । तर, मन्त्रालयका प्रवत्ता तेजवहादुर सुवेदीका अनुशार जीटुजीअन्र्तगत अल्पकालीन योजनामार्फत भएपनि २० हजार डीएपी र ३० हजार युरिया मल ल्याउने र किसानलाई मलको अभाव हुन नदिने मन्त्रालयले तयारी थालेको छ । सरकारले यसबर्ष रासायनिक मल खरिदका लागि ६ अर्ब रुपैयाँ छुट्याए पनि बजेट निकासा नहुँदा मल आयातमा समस्या देखिएको छ । मन्त्रालयका अनुशार हालसम्म साढे २ लाख मेट्रिकटन मल मात्रै खरिद भएको छ । अहिले मुलुकभर झन्डै ६ लाख टन रासायनिक मलको माग भए पनि विदेशबाट ३ लाख मेट्रिकटन मल पनि खरिद गरिएको छैन् । जसका कारण किसानले खेती लगाउन समयमा मलको अभाव झेल्नु पर्ने देखिएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित