
- Loading...
नीतिको विरोध
- कृषि टि.भी.
- ४ साल अघि
- २९ पटक पढिएको

रूपन्देही जिल्लाका डेरी व्यवसायीहरू र दुग्ध उत्पादक किसानहरूले सरकारले ल्याएको दुग्धजन्य पदार्थसम्बन्धी नीति हतार गरेर ल्याएको बताएका छन् ।उनीहरूले सरकारले ल्याएको नीतिअनुसार किसान, दुग्ध व्यवसायी विस्तापित हुने खतार बढेको भन्दै यसले थप मिल्क होलिडे निम्त्याउन प्रोत्साहित गरेको बताए । बुटवलमा शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरी रूपन्देही डेरी व्यवसायी समितिका अध्यक्ष नेत्रप्रसाद पाठकले किसान, सहकारी तथा डेरी व्यसायीलाई नै नयाँ नीतिले समेट्न नसकेको गुनासो राख्नुभयो । व्यवसायीले दुग्ध निर्देशिका–२०७५ लाई संशोधन गरी किसानमैत्री नीति ल्याउन सरकारसंग आग्रह गरेका छन् । किसानहरूको रोजाइमा अहिले डेरी पसलको खुला दूध भएको भन्दै प्याकिङ गरेको दूधमा उपभोक्ताहरूको रोजाइ नभएकै कारण जबर्जस्ती उपभोक्तामाथि नै नीति लाद्न खोजेको डेरी व्यवसायीको भनाई छ ।
केही समय पहिला सरकारले एक महिनाको समयसीमा निर्धारण गरी अनिवार्य रूपमा लोगो अंकित प्याकेजिङ दूध मात्रै बिक्रीवितरण गर्न डेरी व्यवसायीहरूलाई आग्रह गरेका थियो । डेरी व्यवसायी समिति रूपन्देहीका अध्यक्ष नेत्रप्रसाद पाठकले आफूहरू सरकारको नीतिको विरोधी नभएको तर यस विषयमा सरकारले आवश्यक छलफल नै नगरी ल्याएको कारण यसलाई संशोधन गर्न आग्रह गरिएको बताउनुभयो । डेरी व्यवसायीहरुले प्याकेजिङ उद्योग स्थापना गर्न करोडांै रुपैयाँ लागत लाग्ने र यसको लागि कम्तीमा पनि एक वर्ष लाग्ने भएकाले हचुवाको भरमा एक महिनाभित्र नै डेरी बन्द गर्ने गरी ल्याएको नीतिको विरोध गरेको बताएका छन् । मिल्क होलिडेको समयमा, नाकाबन्दीको समयमा किसानबाट तोकिएको मूल्यमा दूध संकलन गरी पु¥याएको योगदानको सरकराले अवमूल्यन गरेको व्यवसायीको गुनासो छ ।।


